भारत तामेलनाडु बिधानसभा अध्यक्ष सिहले गरे मुक्तिनाथको दर्शन


मुक्तिनाथ मन्दिरको चर्चा र महत्व विश्वमै चुलिएको छ ।जतिखेर मुक्तिनाथको चर्चा चुलियो जुनबेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आए ।


भारतमा रहेका ४ धामका अलावा मुक्तिनाथ दर्शन नगरे धार्मिक यात्रानै अधुरो हुने विश्वास लिईएको छ ।नेपाली आन्तरिक तिर्थालुपछि भारतिय तिर्थालु मुक्तिनाथ दर्शन गर्न आउने गरेको पाईएको छ ।एक्याप चेक पोष्ट र जोमसोमका पर्यटन व्यवसायीहरुका अनुसार मुस्ताङमा दैनिक ५० देखि ५ सय सम्म भारतिय तिर्थालु मुक्तिनाथ आउने गरेको पाईएको छ ।

उपल्लो मुस्ताङको दामोदरकुण्ड धार्मिक स्थल सहज भएमा अझ तिर्थालु बढ्ने बिश्वास समेत लिईएको छ ।मुक्तिनाथ र कागबेनीधाम संग दामोदरकुण्डको धार्मिक कनेक्सन छ भन्ने भनाई छ ।
शुक्रबार आजनै समिट एयरलान्सको जहाजमा एक भारतिय उच्च अधिकार मुक्तिनाथ दर्शनका लागि आएको श्रोतको भनाई छ ।

पोखरा देखि हवाई सेवा मार्फत जोमसोम आईपुगेका भारत तामेलनाडु राज्यका बिधानसभा अध्यक्ष टी राजा सिह मुस्ताङ आएको श्रोतले बतायो ।बिधानसभा अध्यक्ष सिंह आजै मुक्तिनाथको दर्शनगरी जोमसोम स्थित होटल मेजस्टी बास बसेको जनाईएको छ ।

अध्यक्ष सिह भोली शनिवारनै फर्किने कार्यक्रम रहेको श्रोतले उदृत गरेको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं