ट्रिपरसंगै दरौदी नदीमा खसेका सहचालक अझै बेपत्ता


गोरखाको सिरानचोक गाउँपालिका -७ चिउरेभीरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक बेपत्ता भएका छन् ।

गयराति १० बजेतिर बा ५ ख १९८२ नम्बरको ट्रिपर गोरखा–वारपाक सडकबाट करिब ४ सय मिटर तल दरौंदी नदीमा खसेको हो।

दुर्घटनामा चालक सिरानचोक गाउँपालिका ७ भालुस्वाँराका २० वर्षीय सुमन खड्काको ज्यान गएको हो भने बेपत्ता सहचालकको नाम ठेगाना खुलेको छैन ।

ट्रिपरमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं