ताजा समाचार

जेठ ११ गते २०७६

लो–घेकर गापाको पहलमा चराङमा आँखा शिविर

भौगोलिक दृष्टिले विकट मानिएको उपल्लो मुस्ताङको चराङमा बृहत आँखा शिविर भएको छ ।लो–घेकर दामोदरकुण्ड गाउपालिकाको आयोजना तथा तिलगगा आँखा प्रतिष्ठान केन्द्र काठमान्डौको सहयोगमा १ दिने उक्त शिविरबाट १ सय ९३ जना आखाका बिरामीले स्वास्थ्य लाभ लिएका छन् ।

शुक्रबार भएको आँखा शिविरमा २२ जनाको शल्यक्रिया भएको जनाईएको छ ।लो–घेकर दामोदरकुण्ड गाउपालिकाले लोमान्थाङ गाउपालिकालाई समेत पायक पर्नेगरी शिविर संञ्चालन गरेको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।उनका अनुसार शिविरका लागि सेवाप्रवाह गर्न आउने चिकित्सकसहितको टोलीलाई यातायात खर्च,आवास खर्च र अन्य व्यवस्थापनमा सहयोग पू¥याएको अध्यक्ष बिष्टले बताए ।

यस्तै,गाउपालिकाले दुरदराजका गाउबाट आउने बिरामीहरुको सुविधाका लागि खानपान तथा आवासको प्रबन्ध समेत गरेको हो । शिविर संञ्चालनबारे जानकारी दिदै गाउपालिका अध्यक्ष बिष्टले घरदैलोमै गुणस्तरिय शिक्षा र स्वास्थ्य भन्ने मान्यतासहित गाउपालिकाकै आर्थिक श्रोतमा आखा शिविर संञ्चालन भएको उल्लेख गरे ।उनका अनुसार लोमान्थाङ गापाको करिव ९ वटा र लो–घेकर गापाको करिव ११ गाउका बासिन्दा स्वास्थ्य लाभ लिने अवसर प्राप्त भएको बताए ।

शिविर व्यवस्थापन तथा स्वंयम्् सेवकको रुपमा चराङ आमा समुहकी अध्यक्ष माया बिष्ट र बुद्धशान्ति युवाक्लवका अध्यक्ष टशीधावा गुरुङको अगुवाईमा आमा समुह र क्लवका सदस्यहरुले भौतिक सहयोग गरेका थिए ।आमा समुहकी अध्यक्ष माया बिष्टले तिलगगा आँखा प्रतिष्ठान केन्द्रले उपल्लो मुस्ताङलाई पनि प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रवाह गरिने गौरवको बिषय भएको उल्लेख गरिन् ।क्लवका अध्यक्ष टशीधावा गुरुङले संसारलाई देख्न सक्ने आँखाको महत्व र यसबाट सुरक्षित रहने सचेतना तथा घरदैलोमै पु¥याईएको सेवा महत्वपूर्ण भएको बताए ।


मुस्ताङ जिल्लामा तिलगगा आँखा प्रतिष्ठान केन्द्र काठमान्डौले बर्सेनि यसप्रकारको स्वास्थ्य शिविर संञ्चालन गर्दै आईरहेको छ ।यसपालि प्रतिष्ठानकी कार्यकारणी अधिकृत एंव वरिष्ठ नेत्र रोग बिशेषज्ञ डा. रिता गुरुङसहित ५ जनाको चिकित्सक टोली मुस्ताङ आएको हो ।प्रतिष्ठानले निःशुल्क आखा जाच,शल्यक्रिया र औषधिको व्यवस्था गरेको प्रतिष्ठानले जनाएको छ ।


यसअघि मुस्ताङ सदरमुकाम जोमसोम अस्पतालमा भएको आखा शिविरमा ४सय ९८ जना ओपिडी जाच र ३० जनाको शल्यक्रिया भएको जोमसोम सामूदायिक आखा केन्द्रकी संयोजक रुमिला नेपालीले जानकारी दिईन् ।

जोमसोममा भएको आखा शिविरमा वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउपालिकाका स्थानीयको उल्लेख्य सहभागिता रहेको संयोजक नेपालीले बताईन् ।