प्राध्यापकलाई कालो मोसो दल्ने ६ जना पक्राउ

गत चैत्र २१ मा पाल्पा रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो दल्ने ६ जना विद्यार्थीहरु आज बिहान पक्राउ परेका छन् ।

प्रक्राउ पर्नेमा सन्तोष खतिवडा, विमर गौली, गोपाल थापा, बामदेव रेग्मी, सुसान पौडेल र मिलन चौधरी रहेका छन् । उनीहरुले ओझामाथि कालो मोसो देलेर जुत्ताको माला लगाईदिएका थिए । घटना लगत्तै उनीहरु फरार रहेका थिए ।

ओझाले आफुमाथि र्दुव्यवहार गर्नेबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । घटनापछि क्याम्पसमा लामो समय पठनपाठन ठप्प भएको थियो ।

ओझाको बारेमा प्रशासनलाई बारम्बार ध्यानार्कषण गराउँदा पनि बेवास्ता गरेपछि आफैले कारवाही गर्न बाध्य भएको बिद्यार्थीहरुले बताएका थिए । प्रक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।