ताजा समाचार

जेठ ८ गते २०७६

पर्वतमा जिप दुर्घटना हुदा ४ जना घाईते

पर्वतमा जिप दुर्घटना हुदा ४ जना घाईते भएका छन् । दुर्घटनामा बागलुङको ढोरपाटन नगरपालिका ६ का ३१ वर्षीय धनबहादुर कामी (चालक), वडा नं. १ की ११ वर्षीया मोना बिक, वडा नं. ९ का ४६ वर्षीय सोनम गुरुङ र कास्कीको पोखरा उपमहानगरपालिका १७ का ३० वर्षीय अभिषेक काफ्ले घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार घाईते हुनेहरुमा घाइतेमध्ये चालक कामीलाई केही बढी चोट लागेका कारण थप उपचारको लागि पोखरा ल्याईएको छ भने अन्य ३ जनाको पर्वत अस्पतालमै उपचार भइरहेको छ। जीपमा ६ जना सवार मध्ये अरु २ जना भने सकुशल छन्।

कुस्मा नगरपालिका ८ चुवामा बागलुङको ढोरपाटन नगरपालिकाको ग २ च ५९ ८१ नं। को जिप अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भर्टमा ठोक्किँदा सडकमै उत्तानो परेर पल्टिँदा उनीहरू घाइते भएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक रामबहादुर भट्ट क्षेत्रीका अनुसार बागलुङबाट पोखराका लागि छुटेको उक्त जिप दुर्घटनामा परेको हो ।