कार्यालयमै कर्मचारीका गालामा थप्पड हानिएपछि


कार्यकक्षमा काम गरिरहेको बेला एक कर्मचारीलाई गालामा झापड हानिएको छ ।

सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारी ओभरसियर छेदि कुमार साफीलाई कल्याणपुर नगरपालिका ७ रमपुरा भेडियाका दिपेन्द्र यादवसहितको समूहले हातपात गरेका हुन् ।

गत भदौ–असोजमै कल्यापुर ७ कै आधारभूत विद्यालय रमपुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका दिपेन्द्र यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउनुस अनिमात्र मूल्याङ्कन हुन्छ भनेवित्तिकै यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर साफीले बताए ।

यता वडा अध्यक्ष रामकुमार श्रेष्ठले भने आफूलाई यादवले कुन बजेटबाट काम गरेको केही जानकारी नभएको बताए । यता नगर प्रमुख सूर्यनाथ मण्डलले पनि आफूलाई उनले कुन बजेटबाट काम गरेको हो भन्ने विषयमा जानकारी नभएको बताए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं