ताजा समाचार

जेठ ७ गते २०७६

म्यासेन्जरबाट दुर्व्यवहार गरेको भन्दै पक्राउ

सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट एक महिलालाई म्यासेज पठाएर दुर्व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

पर्वतमा एक महिलालाई म्यासेन्जरबाट अनावाश्यक दुख दिएको भन्दै मोदी गाउँपालिका–६, तिलाहार घर भई डिमुवामा बस्दै आएका २६ वर्षीय सुरेन्द्र नेपाली पक्राउ परेका हुन् ।

नेपाली नाम गोप्य राखिएकी ती महिलाले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।

अभियुक्तलाई सोमबार घरबाटै पक्राउ गरेकोमा मंगलबार विद्युतीय ऐनअन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाण्डु पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।