समाचार

पहिरो खन्नेक्रममा माटोको ढेस्कोले पुरीदा एक जना बेपत्ता

पहिरो खन्नेक्रममा माथीबाट खसेको माटोको ढिस्कोले पुरिदा एकजना बेपत्ता भएका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका-३ मुनामा माथि ढुङ्गा माटो सहितको ढेस्को खस्दा हाल सम्म नम्बर नखुलेको JCB पुरिन गई सोही सडकमा काम गर्ने सोही ठाउँका ३१ वर्षिय सुबिन पुन बेपत्ता भएका हुन् । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई स्थानियको सहयोगमा पुनको उद्धार कार्य जारी रहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिएका छन् । पुरा पढौ

श्रीमतीले अर्कै विवाह गरेपछि छोरी बलात्कार गर्ने बाबुलाई १९ वर्ष जेल

नाबालिका छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बावुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको बिहीबार बसेको इजलाशले हेटौंडा उपमहानगरपालिका-१२ का ३७ वर्षीया (नाम परिवर्तित)लाई नाबालिकालाई बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनातामा करणी गरेको १० वर्षसहित १९ वर्ष कैद गर्ने फैसला गरेको हो। साथै ७५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ । १३ वर्षीया बालिकालाई बावुले पटकरपटक बलात्कार गर्नुको… पुरा पढौ

सगरमाथामा पाईला टेक्ने पहिलो एचआइभी संक्रमित श्रेष्ठलाई महानगरको सम्मान

सगरमाथामा पहिलो एचआइभी संक्रमित आरोहीका रुपमा आफुलाई स्थापित गराएका पोखराका गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ । बिहीबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले एक कार्यक्रम गरी उनलाई दोसल्ला, प्रमाण पत्रले सम्मान गरेका हुन् । सम्मानपछि श्रेष्ठले सगरमाथाको चुचुरामा पोखरा महागनर लेखेको ब्यानर सगरमाथामा फर्फराएर फर्किदा विश्व जितेको भन्दै खुसि साटे । उनले आफू आरोहणको क्रममा रहँदा समस्या पर्दा रेस्क्यु गर्ने टान पश्चिमाञ्चल र त्यस च्याप्टरका अध्यक्ष हरि भुजेललाई पनि… पुरा पढौ

साइकलसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

राजधानीको बिजुली बजारमा बिहीबार बिहान मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहान करिब ४ बजे बा ४१ प ५३६ नम्बरको मोटरसाइकल रड बोकेको साइकलसँग ठोकिदा ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकारको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई नयाँ वानेश्वरस्थित एभरेस्ट अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । दुर्घटनापछि साइकल चालक फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ। पुरा पढौ

प्रहरीको खोजी सुचिमा रहेका राधे भण्डारी पक्राउ

प्रहरीको खोजी सूचीमा रहेका राधे भनेर चिनिने (राधाकृष्ण भण्डारी) हतियारसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार राधेले ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचना पाएपछि बुधबार साँझ धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट पक्राउ परेका हुन् । पक्राउको क्रममा उनले प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेका थिए । आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । दिनेश अधिकारी (चरी)माथि गोली प्रहार गरेका थिए। केही समय पक्राउ परेर छुटेका उनलाई प्रहरीले… पुरा पढौ

पोखरा वडा नं. ३१ को कार्यालयमा चोरी

पोखरा महानगर वडा नं. ३१ को वडा कार्यलय बुधबार राति चोरी भएको छ । नहरचोक वडा कार्यलयको प्राविधिक शाखाबाट इन्जिनियरको डेक्सटप , सिपियु र ल्यापटप चोरी भएको वडा सचिव रेशमलाल पौडेलले बताए । कार्यलयको प्राविधिक शाखाबाट इन्जिनियरको डेक्सटप सिपियु र जुनियर इन्जिनियरको ल्यापटप पनि चोरी भएको छ। वडाका योजनाका इस्टिमेट र विलहरु चोरी भएका कम्प्युटर र ल्यापटपमा रहेको वडामा कार्यरत इन्जिनियर बिमल आचार्यले बताए। प्रहरीले कार्यालयमा पुगेर अनुसन्धान सुरु गरेको… पुरा पढौ

वातावरण जोगाएर विकास गरौं : पौडेल

युगानुकूल विकास गर्दा वातावरण, मानवीय हित र दिगोपनलाई पनि ध्यान दिनुपर्ने विचार व्यक्त गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १७ ले विश्व वातावरण दिवसको अवसरमा बुधबार आयोजना गरेको वृक्षारोपणसँग आयोजित कार्यक्रमका वक्ताले यस्तो भनाइ राखेका हुन् । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले वातावरणलाई उपेक्षा गरी हुने विकासले मानव हित र समृद्धि नहुने बताए । उनले वातावरण र विकासलाई सँगसँगै लैजानुपर्ने अन्तर्राष्ट्रिय अभ्यास स्थापित भएको बताए । पोखरा… पुरा पढौ

धार्मिक क्षेत्र मूक्तिनाथ पाखोमा बृक्षारोपण

अन्तराष्ट्रिय विश्व वातावरण दिवसको अवसर पारेर मुस्ताङको मुक्तिक्षेत्र आसपास बृक्षारोपण गरिएको छ ।धार्मिक क्षेत्रको वातावरणलाई स्वच्छ,हराभरा तथा प्राकृतिक सौन्दर्यकरण गर्ने उद्देश्यले जिल्लाका बिभिन्न सरोकारवालाले बुधवार बृक्षारोपण गरे। जिल्ला यूवा समिति र जनप्रिय यूवाक्लव रानीपौवाको संयूक्त आयोजना तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप र डिभिजन बन कार्यालय मुस्ताङको सहआयोजनामा मुक्तिक्षेत्रको रानीपौवा स्थित साङ्तोक पाखोमा एक हजार थान बिरुवा रोपिएको जिल्ला यूवा समिति मुस्ताङका संयोजक सम्राट गौचनले जानकारी दिए । जिल्ला यूवा समितिको… पुरा पढौ

१० लाख घुस रकमसहित इन्स्पेक्टर पक्राउ

१० लाख घुस रकमसहित एक इन्स्पेक्टर पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्सन्धान आयोगको टोलीले इलाका प्रहरी कार्यालय नवलपुर, गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई घुस रकमसहित पक्राउ हो । गत वैशाख ११ गते गैंडाकोटमा भएको सवारी दुर्घटनामा नक्कली चालक खडा गरी घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । नवलपुरका व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएपछि किसनु महतोलाई चालकका रुपमा खडा गरिएको बताइएको… पुरा पढौ

कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिन कांग्रेस नेता गगन थापाको प्रस्ताव

नेपाली कांग्रेसका सांसद गगन थापाले निजामती कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव गरेका छन्। उनले विधेयकमाथि संशोधन राख्दै शनिबार र आइतबार बिदाको व्यवस्था कानुनी रूपमै राख्न प्रस्ताव गरेका हुन्। संघीय निजामती सेवासम्बन्धी ऐनमाथि संशोधन प्रस्ताव राख्दै थापाले कर्मचारीलाई हप्तामा ४० घण्टा नघट्ने गरी काम लगाउनु उचित हुने उल्लेख गरेका छन्। अहिले निजामती कर्मचारीले सातामा एक दिनमात्रै बिदा पाउँदै आएका छन्। थापाले निजामती सेवाका कर्मचारीलाई सेवा अवधिमा आवश्यक अनुमति लिई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं