पोखरा–२२, पुम्दीस्थित युवाज्योति उकाला टोल विकास संस्थाले प्रकाशन गरेको युवाज्योति उकाला दर्पण २ को विमोचन गरेको छ । पोखरा २२ का वडाध्यक्ष मित्रलाल बराल र संस्थाका अध्यक्ष भुवानीप्रसाद बरालले संयुक्त रुपमा मुखपत्र विमोचन गरेका थिए ।
वडाध्यक्ष बरालले प्रकाशनको प्रशंसा गदै वडाको योजना निर्माणमा यस्ता प्रकाशनले सहयोग गर्ने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष भुवानीप्रसाद बरालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष जवाहरलाल सुनारले गरेका थिए । कार्यक्रममा छिमेकी टोल विकास संस्थाका अध्यक्ष टीकाराम बराल, शुक्रराज माविका प्राचार्य नरनाथ बराल, वडासचिव रामप्रसाद पौडेल तथा वडा सदस्य मात्रिकाप्रसाद बरालले टोल विकास संस्था र प्रकाशनको बारेमा बोलेका थिए ।
प्रधान सम्पादक गोविन्दप्रसाद बरालले प्रकाशनका विविध पक्षबारे जानकारी गराएका थिए । टिपणीकर्ता पृथ्वीनारायण क्याम्पस, पोखराका सहप्राध्यापक डा. यमनाथ तिमिल्सिनाले समग्रमा प्रकाशन स्तरीय रहेको धारणा व्यक्त गरे ।
२०७४ सालमा प्रकाशीत युवाज्योति उकाला दर्पण १ को निरन्तरताको रुपमा युवाज्योति उकाला दर्पण २ निकालिएको हो । २ सय २४ पृष्ठको उक्त दर्पण विभिन्न ३ खण्डमा विभाजित छ
पहिलो खण्डमा टोलको परिचयात्मक सामग्री समेटिएका छन् । दोस्रो खण्डमा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिको विज्ञतालाई समेटेर ३३ वटा लेख समावेश गरिएको छ । तेस्रो खण्डले संस्मरणात्मक विषयवस्तु समेटेको छ ।
कार्यक्रममा प्रधान सम्पादक गोवन्दप्रसाद बराल, कार्यकारी सम्पादक भीमनाथ बराल र सम्पादक मदनप्रसाद बराल तथा संस्थाका उपाध्यक्ष एवं संदस्य क्रमशः जवाहरलाल सुनुार र कृष्ण प्रसाद बराल (सानो) लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन लोकनाथ बरालले गरेका थिए ।






