समाचार

घोडेपानी–घान्द्रुक पदमार्ग निर्माण भएपछि पदयात्रीलाई सहज

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग बनाएका हुन् । पदमार्ग निर्माण भएपछि घोडेपानी–घान्द्रुक भ्रमणमा आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार र सिँढी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनले जानकारी दिनुभयो । साँघुरो र भिरालो बाटोमा ३०० मिटर सिँढीसहितको पदमार्ग निर्माण… पुरा पढौ

जोमसोम देखि भ्यू टावर जाने सिधा मार्ग बन्ने

करिव ४ वर्ष अघि बनेको जोमसोम भ्यू टावर जाने रेलिङसहितको पर्यटन मार्ग बन्ने भएको छ ।मार्ग जोमसोम देखि भ्यूटावर सिधै लगिने छ ।बाटोको घरपझोङ गाउपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले शिलन्यास गरेकी हुन् । बहुवर्षिय योजनाको रुपमा बिस्तार गरिने उक्त रेलिङ पर्यटन मार्गका लागि चालु वर्ष ७० लाखा बजेट बिनयोजन भएको हो ।गण्डकी प्रदेश अन्तर्गत भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको ५५ लाख र स्थानीय तहको १५ लाखगरी ७० लाख बजेटले पहिलो चरणमा… पुरा पढौ

यस्तो छ आजको मौषमको अवस्था

आज उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज पूर्व र मध्य भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना देखिएको छ। पूर्वी क्षेत्रमा अहिले मौसम बदली हुने क्रम बढ्दै गएको र कुनै पनि बेला वर्षा हुने अवस्था रहेको उनले बताए। उनका अनुसार अहिले काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा पनि अहिले मौसम बदली भएको छ। तर हावाहुरीको… पुरा पढौ

सडक दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

दम्पति सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर भएका छन् । कलैया पिलुवा सडकखण्डअन्तर्गत बाराको कलैया उपमहानगरपालिका-२६ श्रीपुरमा मङगलबार दिउँसो ट्रिपरले मोटरसाईकलाई ठक्‍कर दिँदा बाराको सिसवा महेशपुरकी ३५ वर्षीया खुश्बु नेशा खातुनको घटनास्थलमै मृत्यु भएको छ भने ४० वर्षीया जाकिर हुसेन गम्भीर घाइते भएका हुन् । ना ८ ख ३१२९ नम्बरको ट्रिपरले वीरगन्जबाट कलैया जाँदै गरेको ना १६ प ९७५७ नम्बरको मोटरसाइकलाई ठक्‍कर दिएको हो।घाइते हुसेनको… पुरा पढौ

किन पक्राउ परे ज्योतिष ?

देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने युवक प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डुले सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि… पुरा पढौ

मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु

तनहुँमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री एक जना बालिकाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका-१ तल्लो गुणादी स्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौली तर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प २५२६ नं. को मोटरसाईकलले बाटोमा हिडदै गरिकी निशा आलेमगरलाई ठक्कर दिदा उनको उपचारका क्रममा मृत्यु भएको हो । अंन्दाजी ५/६ वर्षकी बालिकालाई तत्काल उपचारको लागि रत्नहरी अस्पताल दमौली लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको… पुरा पढौ

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’निर्माण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ । नयाँ पार्किङ आजैदेखि सञ्चालनमा ल्याइने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । नयाँ पार्किङसहित आन्तर्राष्ट्रिय पार्किङ वे को सङ्ख्या ११ पुगेको छ… पुरा पढौ

कुराकानी गर्दागर्दै वडा सदस्यको मृत्यु

फिल्डमा पुगेर कुराकानी गर्दागर्दै मोरङमा एक वडा सदस्यको मृत्यु भएको छ । केराबारी गाउँपालिका वडा नं. ३ का वडासदस्य आइतसिंह मगरको सोमबार निधन भएको हो । वडा कार्यालयको कामको सिलसिलामा केराबारी–३ रामपुरमा सर्जमिन मुचुल्का गर्न फिल्डमा पुगेर केही कुराकानी गर्दागर्दै विस्तारै ढलेका मगरको क्षणभरमै उनको मृत्यु भएको स्थानीयवासी महेन्द्र मगरले बताए । नेपाली काङ्ग्रेसको तर्फबाट वडासदस्यमा निर्वाचित भएका मगर एक छोरा, एक छोरी र श्रीमतीसहित भोगटेनीको झिजेमा बस्दै आएका थिए… पुरा पढौ

नेपालमै पहिलो पटक फोक्सोमा रहेको ट्युमरको बिना शल्यक्रिया उपचार

नेपालमै पहिलो पटक एक २० वर्षीय युवकको फोक्सोको ट््युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रियानै उपचार गरिएको छ । उपचारमा संलग्न चिकित्सक डा. ओम बिजु पन्तका अनुसार नेपालमै पहिलो पटक सिटी स्क्यान गरी सामान्य एनेस्थेसीयाको प्रयोगमा सानो आकारको ट्युमरको उपचार गरिएको हो । माइक्रोवेभ एब्लेसन प्रविधिद्धारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरको लागि यो पहिलो सफलता हो । यसवाट कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी तथा… पुरा पढौ

६ घण्टा १ मिनेटमै सगरमाथाको आरोहण गरी नयाँ कीर्तिमान

हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। शेर्पाले गत जेठ १३ गते बिहान ६ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको जिपीएस ट्रेकिङले उल्लेख गरेको हो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पायोनियर एडभेन्चरले शेर्पाले सगरमाथा र चौथो ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सार्वजनिक गरे।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं