पोखरा महानगर वडा नं. ३१ को वडा कार्यलय बुधबार राति चोरी भएको छ ।
नहरचोक वडा कार्यलयको प्राविधिक शाखाबाट इन्जिनियरको डेक्सटप , सिपियु र ल्यापटप चोरी भएको वडा सचिव रेशमलाल पौडेलले बताए ।
कार्यलयको प्राविधिक शाखाबाट इन्जिनियरको डेक्सटप सिपियु र जुनियर इन्जिनियरको ल्यापटप पनि चोरी भएको छ। वडाका योजनाका इस्टिमेट र विलहरु चोरी भएका कम्प्युटर र ल्यापटपमा रहेको वडामा कार्यरत इन्जिनियर बिमल आचार्यले बताए।
प्रहरीले कार्यालयमा पुगेर अनुसन्धान सुरु गरेको छ । यसअघि पनि पोखराका विभिन्न वडामा शृंखलावद्ध चोरी भएको थियो ।






