१० लाख घुस रकमसहित इन्स्पेक्टर पक्राउ

१० लाख घुस रकमसहित एक इन्स्पेक्टर पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्सन्धान आयोगको टोलीले इलाका प्रहरी कार्यालय नवलपुर, गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई घुस रकमसहित पक्राउ हो ।

गत वैशाख ११ गते गैंडाकोटमा भएको सवारी दुर्घटनामा नक्कली चालक खडा गरी घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । नवलपुरका व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएपछि किसनु महतोलाई चालकका रुपमा खडा गरिएको बताइएको छ ।

नक्कली चालक खडा गरेवापत जिसीले १० लाख रुपैयाँ लिएको आरोप लागेको छ । यससम्बन्धी उजुरी परेपछि आयोगले छानबिन गर्दा नक्कली चालक खडा गरेको पुष्टि भएको जनाइएको छ ।