राजधानीको बिजुली बजारमा बिहीबार बिहान मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिहान करिब ४ बजे बा ४१ प ५३६ नम्बरको मोटरसाइकल रड बोकेको साइकलसँग ठोकिदा ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकारको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई नयाँ वानेश्वरस्थित एभरेस्ट अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । दुर्घटनापछि साइकल चालक फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।






