समाचार

युआरएलका प्रबन्ध निर्देशक पन्तलाई मातृशोक

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) का प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तलाई मातृशोक परेको छ । पन्तकी आमा चोलाकुमारी पन्थको शनिबार बिहान उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । ७० वर्षीया चोलाकुमारी मधुमेह, मुटुरोग र उच्च रक्तचापबाट पीडित थिइन् । उपचारका क्रममा सहिद गंगालाल हृदयरोग केन्द्रमा निधन भएको र उनको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमान, ३ छोरा, १ छोरी, ८ नातिनातिनी र ६ पनातिपनातिनी छन् । पुरा पढौ

बिहानै मापसे गरी पार्किङको गाडीलाई ठक्कर, ठूलो दुर्घटना टर्यो (भिडियोसहित)

शनिबार बिहान पोखरा नयाँ बजारमा पार्किङमा राखिएको गाडीलाई मापसे गरी चलाएको जिपले ठक्कर दिएको छ । ग२ च ७८८३ नम्बरको कारलाई बा १५ च ६७८३ स्कार्पियो जिपले ठक्कर दिएको हो । जिपको ठक्करबाट पार्किङमा राखिएको निजी कार क्षतिग्रस्त भएको छ । क्षति भएको कार आर्थिक आवाज अर्धसाप्ताहिकका प्रधानसम्पादक सुरेन्द्र पौडेलको हो । ठक्कर दिएपछि रोडमै पल्टिएको गाडीलाई क्रेनले उठाएर ड्राइभरको उद्धार गरिएको थियो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले… पुरा पढौ

कोरियन भाषा परीक्षाको पहिलो दिन नै नक्कली परीक्षार्थी पक्राउ

अर्काको नाममा इपीएस परीक्षामा सहभागी एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षमा विक्रम दाहालको नाममा परीक्षा दिइरहेका विवेश दाहाल पक्राउ परेका हुन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको प्रवक्ता केदार ढकालले जानकारी दिए। रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाका लागि शनिबारबाट सुरु परीक्षा आइबार पनि चल्ने छ। परीक्षार्थीले काठमाडौं र पोखराबाट भाषा परीक्षा दिँदै छन्। भाषा परीक्षाका लागि यसपटक ९२ हजार ३… पुरा पढौ

गरिबलाई स्वास्थ्य सेवा दिन पालिकाको ५ लाख

माछापुच्छ«े गाउँपालिकाले विपन्न तथा गरिब घरपरिवार छनोट गरी उनीहरुको निशुल्क स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले चालु आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बिमा गरिएको छ । विपन्नताका कारण स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर गरिब परिवार यकिन गरी यही जेठ महिनाबाट लागू हुने गरी उनीहरुका सदस्यको स्वास्थ्य बिमामा आबद्ध हुँदा लाग्ने योगदान रकम पालिकाले नै भुक्तानी गरेको… पुरा पढौ

आज पनि भीषण हुरीको सम्भावना,मौषविद्हरुको यस्तो छ सुझाव

जल तथा मौसम पूर्वानुमान महाशाखका मौसमविद्ले बिहीबार साँझ कैलाली/कञ्चनपुरमा आएजस्तो भीषण हावाहुरी कतिखेर, कहाँ आउँछ ठ्याक्कै अनुमान गर्न नसकिने बताएका छन्। मौसमविद् सुवास रिमालका अनुसार आज (शुक्रबार) पनि यस्तो हावाहुरी आउँछ वा आउँदैन यसै भन्न गाह्रो छ। मौसमविद् रिमालका अनुसार आज खासगरी काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा मौसम बदली हुने देखिएको छ। अपराह्नपछि बदली भई वर्षा हुने र हावाहुरीसमेत आउने सम्भावना छ। यसैकारण खासगरी कालो घना बादल लागेका क्षेत्रका… पुरा पढौ

अमेरिकन सैनिक संगठनको उच्च ओहदामा स्याङजाकी चेली

स्याङजाकी एक चेलीे अमेरिकन सैनिक संगठनको उच्च ओहदा (सेकेण्ड लेफ्टिनेन्ट पद) मा नियुक्त भएकी छिन् । स्याङ्जा जिल्ला फेदीखोला ४ टोर्केकी अस्मिता गुरुङ उक्त पदमा नियुक्त भएकी हुन् । उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ समेत लिइसकेकी छन् । विसं २०४६ साल मंसिर २९ गते स्याङ्जामा जन्मिएकी उनले बाल्यकालमा आफ्नै गाउँबाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् । पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली गरी, सगरमाथा… पुरा पढौ

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध,पहिरो पन्छाउने काम जारी

पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ : ३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् । पुरा पढौ

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटेपछि

संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका हुन् । ३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले बताए । क्षति भएका पाइप हटाएर पुनः नयाँ बिछ्याउँदा थप १६ करोड लाग्ने उनले बताए । पुरा पढौ

युवाज्योति उकाला दर्पण २ को विमोचन

पोखरा–२२, पुम्दीस्थित युवाज्योति उकाला टोल विकास संस्थाले प्रकाशन गरेको युवाज्योति उकाला दर्पण २ को विमोचन गरेको छ । पोखरा २२ का वडाध्यक्ष मित्रलाल बराल र संस्थाका अध्यक्ष भुवानीप्रसाद बरालले संयुक्त रुपमा मुखपत्र विमोचन गरेका थिए । वडाध्यक्ष बरालले प्रकाशनको प्रशंसा गदै वडाको योजना निर्माणमा यस्ता प्रकाशनले सहयोग गर्ने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष भुवानीप्रसाद बरालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष जवाहरलाल सुनारले गरेका थिए । कार्यक्रममा छिमेकी टोल विकास… पुरा पढौ

पोखरा महानगरको आपत्ति

कास्कीको मादी गाउँपालिकास्थित सिद्ध आधारभूत विद्यालयको खेलमैदान निर्माण गर्दा भएको भष्ट्राचारमा कर्मचारी मुछिएकोसम्बन्धी समाचारमा पोखरा महानगरपालिकालाई जोडेकोमा महानगरले ध्यानाकर्षण भएको जनाएको छ । महानगर प्रवक्ता धनबहादुर नेपालीले बिहीबार जारी गरेको विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्रालयबाट विनियोजित बजेट दुरुपयोगमा मुछिएका कर्मचारी तत्कालीन समयमा पोखरा महानगरपालिकामा कार्यरत नभई जिल्ला समन्वय समितिमा रहेको र समायोजनपछि मात्र महानगरमा आएको स्पस्ट पारिएको छ । ‘उक्त भष्ट्राचारमा मुछिएका कर्मचारी पोखरा महानगरमा आउनुभन्दा अघिको कामसँग सम्बन्धित भएकाले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं