भ्रष्टाचार गरेकालाई अदालतले राखेपमा पुनर्वहाली गर्ने गरेकोमा खेलकुदमन्त्रीको असन्तुष्टि
युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले अदालतले भ्रष्टाचार गरेकाहरुलाई पनि राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा पुनर्वहाली गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको दफावार छलफलमा भाग लिँदै उनले गम्भीर गल्ती गरेकाहरुलाई परिषद्बाट हटाए पनि अदालतको आदेशबाट पुनर्वहाली हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
अदालतले पुनर्वहाली गर्न नसक्ने गरी भ्रष्टाचारलगायतका गलत काम गर्ने परिषद्का पदाधिकारीलाई कारबाही गर्न सक्ने गरी कानुनी व्यवस्था गर्न आवश्यक सुझाव दिन पनि राष्ट्रियसभाका सांसदहरुलाई आग्रह गरे। उनले समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले राष्ट्रिय खेलकुद परिषद्माथि नियन्त्रण गर्ने प्रयास नगर्न सरकारलाई सचेत गराए।





