नेपालदूत , नुवाकोट
जेठ २५ गते २०७६
नुवाकोटको बेलकोट्गढी नगरपालिकामा कार्यरत सब इन्जिनियर बद्री भण्डारी पक्राउ परेका छन् । अख्तियार टोलीले भण्डारीलाई सेवाग्राहीसँग ३५ हजार घुस लिइसकेको अवस्थामा बालाजु स्थित गुराँस रेस्टुरेन्टबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जनाएको छ ।