पोखरा वृद्धाश्रममा नयाँ समिति

पोखरा वृद्धाश्रम पोखरा १७ सीतापाइलाको सातौं अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व निर्वाचित छ । शनिबार भएको अधिवेशन घोषणासभामा अध्यक्ष वसन्तकेशव पराजुली नेतृत्वको समिति घोषणा गरिएको हो ।

समितिको उपाध्यक्ष कुशुमकेशव पराजुली, सचिव केशवराज लम्साल, सहसचिव दीपक आचार्य, कोषाध्यक्ष विष्णुप्रसाद आचार्य, सहकोषाध्यक्ष गोमा पराजुली चुनिए । समितिका सदस्यमा मनुमाया खत्री, रुद्रप्रसाद कोइराला, विक्रम थकाली, सम्झना नेपाली र श्रीनाथ आचार्य छन् । नवनिर्वाचित समितिलाई गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको उपस्थितिमा सपथ गराइएको छ ।

थापाले वृद्धवृद्धाको सुरक्षा र सम्मान नै सभ्य नागरिकको परीचय भएको बताए । उनले पोखरा वृद्धाश्रम र पोखरा १७ को विकासका लागि आफ्नोतर्फबाट यथासक्य पहल गर्ने प्रतिवद्धता गरे । नवनिर्वाचित अध्यक्ष पराजुलीले वृद्धाश्रमलाई देशकै नमूना बनाउने गरी काम गर्ने प्रतिवद्धता गरे ।
अधिवक्ता फणीन्द्रराज कोइराला संयोजक रहेको निर्वाचन समितिले ३ वर्षे कार्यकालका लागि निर्वाचन गराएको हो ।