बस र ट्याङ्कर जुध्दा १८ घाइते

चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना  घाइते भएका छन् ।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै  गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११.३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।

घाइतेमध्ये  चारको अवस्था जटिल रहेको  मुग्लिन इलाका  प्रहरी कार्यालयले  जनाएको छ ।

घाइतेमध्ये  छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर  लगिएको   र अन्यको   सोही  पोलिक्लिनिकमा उपचार  भइरहेको प्रहरीले जनाएको छ ।

अहिले दुबै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।