युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) का प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तलाई मातृशोक परेको छ । पन्तकी आमा चोलाकुमारी पन्थको शनिबार बिहान उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।
७० वर्षीया चोलाकुमारी मधुमेह, मुटुरोग र उच्च रक्तचापबाट पीडित थिइन् । उपचारका क्रममा सहिद गंगालाल हृदयरोग केन्द्रमा निधन भएको र उनको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमान, ३ छोरा, १ छोरी, ८ नातिनातिनी र ६ पनातिपनातिनी छन् ।






