समाचार

कर्णाली जाने कर्मचारीलाई मासिक १ लाख तलव प्रस्ताव

सत्तारूढ नेकपा सांसद एवं पूर्वमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा जाने कर्मचारीलाई मासिक १ लाख रुपैयाँ तलब दिनुपर्ने प्रस्ताव गरेका छन् । आज सोमबार बसेको संसदको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले कर्णालीमा कर्मचारी नबस्ने भएकाले पनि उनीहरुलाई त्यहाँ टिकाउन तलब बृद्धि गर्नु पर्ने बताएका हुन् । उनले कर्णाली प्रदेशमा कर्मचारी नबस्ने हुँदा उनीहरु टिकाउन कर्मचारीलाई एक लाख र प्रमुख सचिवलाई तीन लाख रुपैयाँ तलब दिन प्रस्ताव गरे । कर्णालीको राजश्व… पुरा पढौ

लोकसेवा विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थीद्धारा प्रर्दशन

स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै संयुक्त विद्यार्थी संघर्ष समितिले प्रर्दशन गरेको छ । संविधानको मर्म र भावनाविपरीत खुलाएको विज्ञापन सच्याउन दबाब दिँदै समितिले सोमबार काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । समावेशी र समानुपातिक सिद्धान्तविपरीत आयोगले विज्ञापन खुलाएको भन्दै त्यसविरुद्ध सडक संघर्ष गर्नु परेको नेपाल विद्यार्थी संघका नेता कपिलेश्वर यादवले जानकारी दिए । प्रर्दशनका क्रममा विद्यार्थी नेताले संविधानको मर्मभन्दा बाहिर… पुरा पढौ

मुक्तिनाथमा हजारौं भारतीय आउँदै छन्(भारतीय राजदुतको भिडियो)

नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले पोखरा र मुक्तिनाथको पर्यटन अब उल्लेख्य रुपमा बढ्ने बताएका छन् । केही समयअघि भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमण र यहाँ बन्दै गरेको एअरपोर्टले पर्यटनको विकासलाई सघाउने उनले बताए । उनले पासपोर्ट नचाहिने, सुन्दर ठाउँ पोखरा धेरै भारतीयको मन पर्ने स्थान भएको बताए । मुस्लिम धार्मिक सेवा संघ पोखरा १३ मा आइतबार यहाँका मुस्लिम समुदायसँग अन्तक्र्रिया गर्दै उनले यस्तो बताएका हुन् । उनले… पुरा पढौ

पर्सामा फेरी हावाहुरी,५ जना घाईते,कञ्चनपुरका ८७० घरमा क्षति

आईतबार साँझ पर्सामा आएको हावाहुरीको कारण ५ जना घाईते भएका छन् । वीरगन्ज महानगरपालिकामा मात्र १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल , १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएका हुन्। घाइतेको ५ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको घाईते भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद घट्टराईले बताएका छन् । उनीहरु घरको पर्खाल र घर भत्किदा घाईते भएको बताईएको छ… पुरा पढौ

मादक पदार्थ सेवन गरेर इँटाले प्रहार गर्दा श्रीमतीको मृत्यु

कपिलवस्तुको सिद्धार्थ क्याम्पसस्थित बुङ्ची टोल नजीकै एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । अत्यधिक मादक पदार्थ सेवन गरेर आइतबार अपराह्न ४ बजेतिर आएका श्रीमान्लाई सामान्य गाली गर्दा वाणगङ्गा १ बुङ्चीकी ३९ वर्षीया गीता चौधरीको ४९ वर्षीय श्रीमान् अगमानले हत्या गरेका हुन् । घटनाको खबर पाउनासाथ तत्काल पुगेको प्रहरीले घाइतेलाई एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल बुटवल पठाए पनि साँझ अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता देवेन्द्रकुमार पाण्डेले जानकारी दिए… पुरा पढौ

माछा मार्न गएकी युवतीको फुस्रेखोलामा डुबेर मृत्यु

माछा मार्न भनी गएकी एक युवतीको फुस्रेखोलामा डुबेर मृत्यु भएको छ । शनिबार पोखरा १७ डेबिटफल्स नजिकै फुस्रोखोलाको काउसेघारीमा माछा मार्न गएकी घारीपाटनकी २४ वर्षीया युनिसा गुरुङ खोलामा डुबेर बेपत्ता भएकी थिइन् । प्रहरीले खोलामा उनलाई मृत फेला पारेको हो । पुरा पढौ

किसानलाई भाडामा कृषि औजार !

पोखरा महानगरपालिकाको मेयर प्रविधीमैत्री कृषि परियोजना अन्तर्गत पोखरा-२७, तालचोकमा कस्टम हायरिङ सेन्टर सञ्चालनमा आएको छ । लेखनाथ सामुदायिक कृषि सहकारी संस्थाले सञ्चालन गर्ने कस्टम हायरिङ सेन्टरको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरे । स्थानीय किसानहरू प्रत्यक्ष लाभान्वित हुने गरी सहुलियत दरमा कृषि उपकरण एकै स्थानबाट भाडामा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगामा कस्टम हायरिङ सेन्टर सञ्चालनमा ल्याइएको हो । महानगर क्षेत्रभित्र कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरणको माध्यमबाट… पुरा पढौ

नगरपालिकाले बाँड्यो ३० पत्रकारलाई ल्यापटप

उदयपुरको त्रियुगा नगरपालिकाले ‘प्रविधि हस्तान्तरण’ भन्दै पत्रकारलाई ल्यापटप वितरण गरेको छ । तल्लो तहका सरकारहरुमा आर्थिक अपचलनको गुनासो बढिरहेका बेला एक कार्यक्रमको आयोजना गरी उदयपुरको गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका ३० पत्रकारहरुलाई एकरएक थान ल्यापटप बाँडिएको हो । मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेका थिए । सत्य, तथ्य र निष्पक्ष समाचार लेखन कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले पत्रकारलाई ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ । उक्त ल्यापटपको मूल्य… पुरा पढौ

यौन सन्तुष्टिबारे किन झुट बोल्छन् महिला ?कारण यस्तो छ

महिला र पुरुषबीचको सम्बन्ध जब यौन सम्पर्कसम्म पुग्छ, यसको अर्थ दुवैबीच एकअर्काप्रति पूर्ण विश्वास छ भन्ने हुन्छ । तथापि, केही पुरुष भने महिलाले आफूसँग अर्गाजम अथवा चरम आनन्दको बारेमा झूट बोलेको गुनासो गर्दछन् ।  कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु यौन सन्तुष्टि नपाए पनि आफ्नो यौनजोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने (फेक अर्गाजम) गरेको देखाइसकेका छन् । तर, उनीहरु किन यस्तो गर्छन् त ?  पुरुषको अहम्  महिलाको फेक अर्गाजमको पछाडि… पुरा पढौ

एनआरएन फेमली कार्डको सुरुवात,यस्तो छ सदस्यता लिने प्रकृया

गैरआवासीय नेपाल संघ (एनआरएन) ले फेमली कार्डको सुरुवात गरेको छ । संघले एनआरएनका पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी एनआरएन फेमली कार्डको औपचारिक सुरुवात गरेको हो । यो कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने तर विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू नहुने संघले जानकारी दिएको छ । संघले सदस्यलाई सदस्यता बापत केही सुविधा पनि प्राप्त होस्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं