चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पुगेको छ। गाउँपालिकाले यसअघि स्वास्थ्य सेवा नपुगेका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सबै वडामा स्वास्थ्य सेवा पुगेका हुन्।
गाउँपालिकाले सबै नागरिकलाई वडाबाटै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित यसअघि स्वास्थ्य सेवा नपुगेका वडा र दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्।
अहिले गाउँपालिकामा रहेको सात वडामा पाँच स्वास्थ्यचौकी र चार सामुदायिक स्वास्थ्य एकाइ गरी नौ स्वास्थ्य संस्था छन्। अध्यक्ष गुरुङका अनुसार सबै सामुदायिक स्वास्थ्य एकाइलाई बर्थिङ सेन्टरको रूपमा विकास गरिनेछ।
गाउँपालिकाको विकट क्षेत्रमा आवश्यकतानुसार सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिने उनले बताइन्। यी चार गाविस मिलेर इच्छाकामना गाउँपालिका बनेको हो। पच्चीस श्ययाको अस्पताल बन्ने प्रक्रिया अघि बढिसकेको पनि अध्यक्ष गुरुङले जानकारी दिइन्।
साथै गाउँपालिकाभित्र रहेका सबै बालबालिकाको निःशुल्क मुटु परीक्षण गरिने भएको छ। गाउँपालिकाले हरेक महीना सबै गाउँका विद्यालयमा स्वास्थ्य टोली पठाएर बालबालिकाको निःशुल्क मुटुको परीक्षण गर्नेभएको हो।




