समाचार

पूर्व शिक्षामन्त्रीको हृदयघातका कारण निधन

नेकपाका केन्द्रीय कमिटी सदस्य तथा पूर्व शिक्षामन्त्री धनिराम (डीआर) पौडेलको निधन भएको छ। हृदयघातबाट आज बिहान चितवनको माडीस्थित निवासमा उनको निधन भएको हो। हृदयघात भएर ढलेपछि  उपचारका लागि उनलाई माडीस्थित बगौडा अस्पतालमा लगिएको थियो। तर चिकित्सकले उनको निधन भइसकेकाे बताएका थिए। पौडेल पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा शिक्षामन्त्री थिए। उनका दुई छोरी र श्रीमती छन्। पुरा पढौ

पोखरा १७ मा प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम

पोखरा महानगरपालिका वडा नं. १७ को आयोजनामा बिहीबारबाट प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ । शनिबारसम्म चल्ने तालिममा पोखरा १७ का विभिन्न टोल विकास संस्था र महिला समूहका प्रतिनिधि सहभागी छन् । सेरा जागृति आमा समूहले व्यवस्थापन गरेको तालिम बिहीबार पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले उद्घाटन गरे । उनले प्रस्तावना र प्रतिवेदन लेखन सशक्तीकरण र विकास, निर्माणका कार्यमा भर्खरै उपयोग हुने बताए । पोखरा १७ का वडा… पुरा पढौ

पत्थरीको अपरेशन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु , अस्पताल तनावग्रस्त

राजधानीको एक अस्पतालमा पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर एक जना विरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको चावहिलमा रहेको ओम अस्पतालमा पत्थरीको अपरेशन गर्दा आन्द्रा काटिएर मृत्यु भएको हो । गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अपरेशनपछि निको हुनुको साटो झन् च्यापेपछि चेकअप गर्दा आन्द्रामा प्वाल परेको भेटिएको थियो । उपचारकै क्रममा बिहीबार अस्पतालले मृत घोषणा गरेको मृतकका आफन्तहरुले जनाएका… पुरा पढौ

बाटो खन्नेक्रममा डोजर पुरिँदा दुईजनाको मृत्यु ,थप विवरण आउन बाँकी

मकवानपुरको राक्सिराङ गाउँपालिका–८ थाहा भीरमा बाटो खन्ने क्रममा ढिस्को खस्दा दुईजनाको मृत्यु भएको छ। मकवानपुरको विकट गाउँपालिकामा बिहीबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दीप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा थाहाढुंगामा ग्रामीण सडक निर्माण गर्नेक्रममा पुरिएका दुवैजनाको शव निकाल्न नसकिएको राक्सिराङ गाउँपालिका ६ का वडाध्यक्ष सिंगलाल चेपाङले जानकारी दिएका छन्। चितवनका भण्डाराको… पुरा पढौ

घुस लिदालिदै इञ्जिनीयर रङ्गेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले एक ईन्जिनियरलाई घुस रकम लिदालिदै रंगेहात पक्राउ गरेको छ । अख्तियारले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित रङ्गेहात पक्राउ गरेको हो । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोग कर्मचारी महेश आचार्यले जानकारी दिए । उक्त टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल… पुरा पढौ

मोटरसाईकल एकआपसमा जध्दा दुबै चालकको मृत्यु ,४ जना घाईते

सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । गए राति करीब १०ः३० बजे हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक दुवै मोटरसाइकल चालक हुन् भने दुर्घटनामा अन्य ४… पुरा पढौ

अज्ञात समुहद्धारा नगरपालिका कार्यालयमा बम बिस्फोट

अज्ञात समुहद्धारा धनुषा स्थित नगरपालिकामा प्रेसर कुकर बम बिस्फोट भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा बुधबार राती करिव १० बजेतिर बम बिस्फोट भएको हो । बिस्फोटबाट सभा हलको भित्ता भत्केको प्रहरीले जनाएको छ । हालसम्म बिस्फोटको जिम्मा कसैले लिएको छैन । प्रहरीका अनुसार घटनाको अनुसन्धान भैरहेको छ पुरा पढौ

बसबाट टाउको निकाल्दा ज्यान गयो

सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ वर्षीय रमिस श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार रमिस श्रेष्ठले… पुरा पढौ

सडकमा फोहोर फाल्नेलाई १५ हजार जरिवाना

एकाबिहानै सडकमा फोहोर फाल्नेलाई १५ हजार जरिवाना गराइएको छ । बुधबार बिहान ६ बजे पोखरा ९ शान्ति वन मार्गको सडकमा फोहोर फाल्दै गर्दा मुकेशकुमार शाहलाई फेला पारी जरिवाना गराइएको हो । समाजसेवी प्रकाश पहारीले शाहले बाटोमा फोहोर फाल्दै गरेको देखेपछि वडा कार्यालय र अभियान्ताहरुलाई खबर गरेका थिए । शाहलाई फालेको फोहोर फिर्ता लैजाने र फेरि फोहोर नफाल्ने प्रतिवद्धता गराई यो रकम जरिवाना तिराइएको पोखरा ९ का वडा सचिव लोकदर्शन कोइरालाले… पुरा पढौ

वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी जेल चलान

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघको फैसलाअनुसार फरार रहेका काठमाडौँ महानगरपालिका–३२ का सुमन देउजालाई मङ्गलबार पक्राउ गरी आज जेल चलान गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले विनोद बानियाँको जाहेरीका आधारमा एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना ठहर भएर फरार रहेका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं