पोखरा वडा नं. १७ को महतगौंडा चोकमा सिसी क्यामेरा राखिने भएको छ । यहाँ बासिन्दाले शनिबार स्वतस्फूर्त रुपमा यसका लागि रकम संकलन सुरु गरेका छन् ।
यसका लागि नगेन्द्र शर्मा, नेत्रलाल भण्डारी, सीता काफ्ले भण्डारी र शिवराम भण्डारीले जनही ५ हजार दिने घोषणा गरेका छन् ।
महतगौंडा क्षेत्रको शान्ति, सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्न लागिएको हो । स्थानीय शंकरराज भण्डारीले महतगौडाको प्राकृतिक पुल, नदी र चोकमै फोहोर फाल्ने, चौपाया जथाभावी छाड्ने क्रम बढेकाले सिसी क्यामेरा यस्ता गतिविधि निर्मूल पार्न पनि सहयोग हुने बताए ।
स्थानीयसँग स्वतस्फूर्त सहयोग र सरकारी निकायसँग सहयोग, समन्वय गरी चोकमा सिसी क्यामेरा राख्ने योजना छ । भण्डारीले यसका लागि सहयोग गर्न अपीलसमेत गरेका छन् ।






