समाचार

ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरीको बराह नगरपालिका-८ शुक्रवारे चौकमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । बुधबार बिहान साढे १० बजे शुक्रवारेबाट महेन्द्रनगर तर्फ जाँदै गरेको को २ त ७७९० नम्बरको ट्रयाक्टर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक स्थानीय ३२ बर्षीय मोहमद मिया ट्याक्टरले च्यापिएर गम्भीर घाईते भएका थिए । घाईते मियाको उद्धार गरी उपचारको लागि बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएकोमा उपचारकै क्रममा दिउँसो मृत्यु भएको हो । ट्याक्टर र चालक ईलाका… पुरा पढौ

टिपरको ठक्करबाट पत्रकारको मृत्यु

सुर्खेतमा टिम्परको ठक्करबाट पत्रकारको मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका-८ को लोदेमा टिपरको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको घटनास्थलमा नै मृत्यु भएको हो । रुकुम पश्चिमबाट सुर्खेततर्फ जादै गरेको बा ५ ख १६८३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको पत्रकार गेलाङ सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकलालई ठक्कर दिएको सुर्खेत जिल्ला प्रहरी प्रमुख पहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। टिपर चालक… पुरा पढौ

विप्लव कार्यकर्ताद्धारा वडा कार्यालय तोडफोड

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यक्रताले जाजरकोटको नलगाड नगरपालिका–१० को वडा कार्यालय तोडफोड गरेका छन्। जिल्ला प्रहरी कार्यालयले तोडफोड गर्दा कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति भएको पुष्टि गरेको हो । उनीहरुले जनप्रतिनिधिहरुलाई भ्रष्ट, दलालको आरोप लगाउँदै कार्यालय तोडफोड गरेका छन्। विप्लव समूहका जाजरकोट जिल्ला इञ्चार्ज प्रेमप्रकाश ओलीले अन्य ठाउँमा समेत दलालविरुद्ध कारवाही जारी राख्ने चेतावनी दिएका छन्। पुरा पढौ

नेपालमै पहिलो पटक घाइते वन्यजन्तुको लागि एम्बुलेन्स

नेपालमै पहिलोपटक वन क्षेत्रमै पुगेर घाइते तथा बिरामी हुने वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स खरीद गरी ल्याइएको छ । सरकारको भन्सार छुटमा राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहामा सञ्चालनमा आउन लागेको वन्यजन्तु अस्पतालका लागि एम्बुलेन्स ल्याएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहाका निमित्त प्रमुख रामकुमार अर्यालले रु २५ लाख लागतमा एम्बुलेन्स ल्याइएको बताउनुभयो । एम्बुलेन्सले चितवन राष्ट्रिय निकुञ्जलगायत तराईका सबै जिल्लामा सेवा दिने अर्यालको भनाइ छ । यसअघि नेपालमा वन्यजन्तुको एम्बुलेन्समा… पुरा पढौ

पोखरा १७ का दलित, उत्पीडितलाई तालिम

नेकपा गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले नेपालको दलित आन्दोलन राजनीतिक आन्दोलनभन्दा पहिले सुरु भएको बताएका छन् । राजनीतिक आन्दोलन विभिन्न चरणमा अनेक प्रकारले सफल भइसक्दा पनि दलित आन्दोलनले गन्तव्य प्राप्त नगर्नुको विषयमा समीक्षा हुनुपर्ने बताए । नेपालीले भने, ‘नेपालको दलित आन्दोलन राजनीतिक आन्दोलनअघि सुरु भएको हो । तर, किन अझै उत्पीडन हटेन समीक्षा जरुरी छ ।’ पोखरा वडा नं. १७ ले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।… पुरा पढौ

व्यापारीसँग माहिनावारी पैसा असुल्ने प्रहरीलाई मुद्दा

सशस्त्र प्रहरी बल नेपाल नं ४१ गुल्म बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्रकेसी विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी घुस, रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले केसीले सेवाग्राहीसँग १० हजार घुस लिएको जनाएको छ । केसीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा… पुरा पढौ

भ्यानले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई जना घाइते

 धनपालथान गाउँपालिका-४ गदिया खोला नजिक  भ्यानको ठक्करबाट १ जनाको ज्यान गएकाे छ भने २ जना घाइते भएका छन् ।  रंगेली-बिराटनगर सडक खण्डमा  बिहान एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका-४ बस्ने वर्ष १२ को मोहमद जवार,  वर्ष १८ को मोहमद कैफ र बस्ने वर्ष १५ को अफसार अन्सारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते तिनै जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर ल्याइएमा उपचारको… पुरा पढौ

गाउँपालिकाद्धारा सबै वडामा स्वास्थ्य सेवा

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पुगेको छ। गाउँपालिकाले यसअघि स्वास्थ्य सेवा नपुगेका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सबै वडामा स्वास्थ्य सेवा पुगेका हुन्। गाउँपालिकाले सबै नागरिकलाई वडाबाटै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित यसअघि स्वास्थ्य सेवा नपुगेका वडा र दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्। अहिले गाउँपालिकामा रहेको सात वडामा पाँच स्वास्थ्यचौकी र चार सामुदायिक स्वास्थ्य एकाइ गरी नौ स्वास्थ्य… पुरा पढौ

थोत्रा गाडीलाई बिजुली बस बनाउँदै महाविर पुनको टिम

यतिवेला राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनमगरको टिमले थोत्रा पेट्रोलियम इन्धन इन्जिन गाडीलाई विद्युतीय बनाउन जुटेको छ। ६ जनाको टोलीले विगत १ महिना देखि पुराना इन्जिन गाडीलाई स्वरुप परिवर्तन गरेर विद्युतीय बनाउन लागेको हो । पुराना गाडीको इन्जिन फालेर कभरलाई डेन्टिङ पेन्टिङ गरी ब्याट्री र मोटर फिट गरेर इलेक्ट्रिक बनाउन लागिएको केन्द्रका संस्थापक पुनमगरले जानकारी दिए। यो गाडी ३ महिनामा तयार हुने उनले जानकारी दिए। यो तरिकाबाट गाडी बनाउन सके… पुरा पढौ

दस लाख घुस प्रकरणमा एसपी पनि तानिंदै

इलाका प्रहरी कार्यालय नवलपुर, गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जीसी १० लाख रुपैयाँ घुस रकमसहित पक्राउ परिसकेपछि उनको बयानका आधारमा एसपी रमेश थापा पनि छानबिनमा तानिने भएका छन् । इन्स्पेक्टर जीसीले एसपी थापाको निर्देशनमा आफूले त्यस्तो गरेको बयान दिएपछि अख्तियारले उनलाई पनि छानबिनका लागि बोलाएको हो । एसपी थापाकै दबाबमा नक्कली चालक खडा गरेको बयान दिएका छन् । एसपी थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भइसकेका छन् । घुस प्रकरणमा सरकारी वकिलसमेतको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं