मकवानपुरको राक्सिराङ गाउँपालिका–८ थाहा भीरमा बाटो खन्ने क्रममा ढिस्को खस्दा दुईजनाको मृत्यु भएको छ।
मकवानपुरको विकट गाउँपालिकामा बिहीबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दीप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा थाहाढुंगामा ग्रामीण सडक निर्माण गर्नेक्रममा पुरिएका दुवैजनाको शव निकाल्न नसकिएको राक्सिराङ गाउँपालिका ६ का वडाध्यक्ष सिंगलाल चेपाङले जानकारी दिएका छन्।
चितवनका भण्डाराको बाटो हुँदै घटनास्थल पुग्न प्रहरीलाई ३ घण्टा लाग्ने भएकोले प्रहरी त्यसतर्फ गईरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मनहरीको प्रहरी इन्चार्ज वीरेन्द्र पनेरुले जनाएका छन् ।






