अज्ञात समुहद्धारा नगरपालिका कार्यालयमा बम बिस्फोट

अज्ञात समुहद्धारा धनुषा स्थित नगरपालिकामा प्रेसर कुकर बम बिस्फोट भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा बुधबार राती करिव १० बजेतिर बम बिस्फोट भएको हो ।

बिस्फोटबाट सभा हलको भित्ता भत्केको प्रहरीले जनाएको छ । हालसम्म बिस्फोटको जिम्मा कसैले लिएको छैन । प्रहरीका अनुसार घटनाको अनुसन्धान भैरहेको छ