घुस लिदालिदै इञ्जिनीयर रङ्गेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले एक ईन्जिनियरलाई घुस रकम लिदालिदै रंगेहात पक्राउ गरेको छ ।

अख्तियारले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित रङ्गेहात पक्राउ गरेको हो ।

आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोग कर्मचारी महेश आचार्यले जानकारी दिए ।

उक्त टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा एक लाख घुससहित गाउँपालिकाका इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।