एकाबिहानै सडकमा फोहोर फाल्नेलाई १५ हजार जरिवाना गराइएको छ । बुधबार बिहान ६ बजे पोखरा ९ शान्ति वन मार्गको सडकमा फोहोर फाल्दै गर्दा मुकेशकुमार शाहलाई फेला पारी जरिवाना गराइएको हो ।
समाजसेवी प्रकाश पहारीले शाहले बाटोमा फोहोर फाल्दै गरेको देखेपछि वडा कार्यालय र अभियान्ताहरुलाई खबर गरेका थिए । शाहलाई फालेको फोहोर फिर्ता लैजाने र फेरि फोहोर नफाल्ने प्रतिवद्धता गराई यो रकम जरिवाना तिराइएको पोखरा ९ का वडा सचिव लोकदर्शन कोइरालाले जानकारी दिए ।
यसका लागि सामूदायीक प्रहरी सेवा समन्य समिति शान्तीवनका प्रहरी जवान दिपक ढकाल, समाजसेबी नारायण पौडेल, फलफूल तथा तरकारी बजारका अध्यक्ष कूमार लामा सहयोग गरेका थिए ।






