पूर्व शिक्षामन्त्रीको हृदयघातका कारण निधन

नेकपाका केन्द्रीय कमिटी सदस्य तथा पूर्व शिक्षामन्त्री धनिराम (डीआर) पौडेलको निधन भएको छ।

हृदयघातबाट आज बिहान चितवनको माडीस्थित निवासमा उनको निधन भएको हो। हृदयघात भएर ढलेपछि  उपचारका लागि उनलाई माडीस्थित बगौडा अस्पतालमा लगिएको थियो। तर चिकित्सकले उनको निधन भइसकेकाे बताएका थिए।

पौडेल पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा शिक्षामन्त्री थिए। उनका दुई छोरी र श्रीमती छन्।