आज नारायणी पुलबाट हाम फालेर एक युवती बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा रहेकीछिन् । उनले आज अपरान्ह पुलबाट नदीमा हाम फालेर बेपत्ता भएको इलाका प्रहरी कार्याल गैंडाकोटले जनाएको छ ।
गैंडाकोटबाट नारायणगढ तर्फ आउँदै गरेको स्कुटरमा सवार रहेकी कविता मावली घरबाट फर्कदै थिईन् । आफनो दाजुले चलाएको स्कुटरमा सवार रहेकी कविता पुलमा सवारी चाप रहेको बेला स्कुटर रोकिएको मौका छोपेर पुलबाट हाम फालेकी थिईन् । कञ्चनपुर माईती घर भई गत फागुनमा मात्र चितवन आएकी कविताको खोजी कार्य भईरहेको छ ।






