नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यक्रताले जाजरकोटको नलगाड नगरपालिका–१० को वडा कार्यालय तोडफोड गरेका छन्।
जिल्ला प्रहरी कार्यालयले तोडफोड गर्दा कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति भएको पुष्टि गरेको हो ।
उनीहरुले जनप्रतिनिधिहरुलाई भ्रष्ट, दलालको आरोप लगाउँदै कार्यालय तोडफोड गरेका छन्। विप्लव समूहका जाजरकोट जिल्ला इञ्चार्ज प्रेमप्रकाश ओलीले अन्य ठाउँमा समेत दलालविरुद्ध कारवाही जारी राख्ने चेतावनी दिएका छन्।






