व्यापारीसँग माहिनावारी पैसा असुल्ने प्रहरीलाई मुद्दा

सशस्त्र प्रहरी बल नेपाल नं ४१ गुल्म बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्रकेसी विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी घुस, रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले केसीले सेवाग्राहीसँग १० हजार घुस लिएको जनाएको छ । केसीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेको स(प्रमाण पुष्टि भएकाले बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० र दफा ३ को उपदफा १ को देहाय ९क० बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले बताए ।