थोत्रा गाडीलाई बिजुली बस बनाउँदै महाविर पुनको टिम

यतिवेला राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनमगरको टिमले थोत्रा पेट्रोलियम इन्धन इन्जिन गाडीलाई विद्युतीय बनाउन जुटेको छ।

६ जनाको टोलीले विगत १ महिना देखि पुराना इन्जिन गाडीलाई स्वरुप परिवर्तन गरेर विद्युतीय बनाउन लागेको हो ।

पुराना गाडीको इन्जिन फालेर कभरलाई डेन्टिङ पेन्टिङ गरी ब्याट्री र मोटर फिट गरेर इलेक्ट्रिक बनाउन लागिएको केन्द्रका संस्थापक पुनमगरले जानकारी दिए।

यो गाडी ३ महिनामा तयार हुने उनले जानकारी दिए। यो तरिकाबाट गाडी बनाउन सके गाडी र इन्धन आयात घट्ने, रोजगार बढ्ने र वातावरण पनि स्वच्छ हुने पुनको विश्वास छ। गाडी १५ देखि २० लाखसम्म तयार हुने उनले जानकारी दिए।

सरकारसँग रहेका थुप्रै पुराना गाडी कवाडीमा बिक्री गर्नुको साटो यसरी मोडिफाई गरि पुनस् सञ्चालन गर्न सकिने उनको भनाइ छ।भन्सार विभागको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको पहिलो १० महिनामा मात्रै ७७ अर्व १२ करोड ७६ लाख ६४ हजार को सवारी साधन आयात भएको छ।