सुर्खेतमा टिम्परको ठक्करबाट पत्रकारको मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका-८ को लोदेमा टिपरको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको घटनास्थलमा नै मृत्यु भएको हो ।
रुकुम पश्चिमबाट सुर्खेततर्फ जादै गरेको बा ५ ख १६८३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको पत्रकार गेलाङ सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकलालई ठक्कर दिएको सुर्खेत जिल्ला प्रहरी प्रमुख पहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। टिपर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।






