प्रहरीको खोजी सुचिमा रहेका राधे भण्डारी पक्राउ

प्रहरीको खोजी सूचीमा रहेका राधे भनेर चिनिने (राधाकृष्ण भण्डारी) हतियारसहित पक्राउ परेका छन् ।

प्रहरीका अनुसार राधेले ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचना पाएपछि बुधबार साँझ धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट पक्राउ परेका हुन् ।

पक्राउको क्रममा उनले प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेका थिए । आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । दिनेश अधिकारी (चरी)माथि गोली प्रहार गरेका थिए। केही समय पक्राउ परेर छुटेका उनलाई प्रहरीले खोजी गरिरहेको थियो। नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् ।