समाचार

बाउले खुर्पाले हान्दा छोरी गम्भिर घाईते

धादिङको नीलकण्ठ नगरपालिका-१४ धुवाँकोट अम्वोटेमा बुवाले खुर्पा प्रहार गरेर आफ्नै छोरीलाई गम्भीर घाइते बनाएका छन्। बलराम वस्तीले छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरेर घाइते बनाएका हुन् । घटनाका प्रत्यक्षदर्शीका अनुसार सामान्य वादविवाद भएपछि बलराम वस्तीले छोरीलाई खुपार्ले हानेको थिए। सुनिताको जिल्ला अस्पताल धादिङवेशीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ। नागरिकता बनाउन बुबा बलराम वस्तीले नै बोलाएपछि उनी नागरिकता बनाउन घर आएको समयमा वादविवाद हुँदा… पुरा पढौ

गृहद्धारा २६ सीडीओको सरुवा, कुन जिल्लाका सीडीयो कहाँ सरे ?

गृह मन्त्रालयअन्तर्गतका २६ जना सहसचिव तथा उपसचिवको सरुवा भएको छ।  गृहले प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो। गृहले मंगलबार रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रे, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी, नवलपरासी (सुस्ता पश्चिम), रुकुमलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र निर्देशकहरुको सरुवा तथा पदस्थापन गरेको हो। पुरा पढौ

मलेसिया रोजगारी बन्द हुदा हजारौँ युवा मारमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौँ युवा परेका छन् । सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको हो। म्यानपावरले काम ठप्प पारेका कारण उनी उड्न पाएनन् । मन्त्रालयले मलेसिया रोजगारी बन्द गरेको विरोधमा वैदेशिक रोजगार व्यवसायी संघले जेठ १७ गतेदेखि सबै गन्तव्य मुलुकको उडान बन्द गरेका छन् । पुरा पढौ

सडक दुर्घटनामा परि पोर्चुगलमा एक नेपालीको मृत्यु

युरोपेली देश पोर्चुगलमा भएको सडक दुर्घटनामा एक नेपाली युवकको मृत्यु भएको छ । पोर्चुगलको बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा शुक्रबार साइकललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा गुल्मीको मुसीकोट नगरपालिका– ६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते रिजालको उपचारका क्रममा सोही राति निधन भएको पोर्चुगलमै बस्दै आएका उनका दाजु अमृत रिजालले जानकारी दिए । मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर… पुरा पढौ

थाइल्याण्डका लागि आवासीय राजदूत ढकालले लिए शपथ

थाइल्याण्डका लागि आवासीय राजदूत गणेशप्रसाद ढकालले शपथ लिएका छन् । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजदुत ढकाललाई शपथ गराएकी हुन् । परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल यहि जेठ ७ गते थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका थिए । गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले थाइल्याण्डसँगै विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको थियो । पुरा पढौ

गाउपालिकाको सवारीसाधनमा आगजनी

पार्किङमा रोकिराखेको गाउपालिकाको सवारीसाधनमा अपरिचित ब्यक्तिहरुद्धारा आगजनी भएको छ । पर्वतको जलजला गाउँपालिका(४ फड्केढुङ्गामा ग१ ज ६५५४ नम्बरको जिपमा आगजनी भएको हो । जलजला गाउँपाललीकाले भाडामा लिएर सञ्चालन गरेको उक्त जिप चालकको घर नजिकै रोडमा पार्किङ गरी राखिएको थियो । जुटको बोरामा पेट्रोल छर्केर ३ वटा टायरमा आगो लगाईएकोले गाडीमा क्षति पुगेको छ । घटनाको खबर पश्चात प्रहरीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले बताए । पुरा पढौ

नगरपालिकाद्धारा ‘हेलो मेयर’ सेवा शुरु

गोरखाको पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको हो । उक्त सेवामार्फत नगरवासीले नगरपालिकाभित्रका विकासको कार्यक्रम, सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यक्रम तथा योजनाका बारेमा अब नगरप्रमुखबाटै जानकारी लिन सकिने सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु श्रेष्ठले जानकारी… पुरा पढौ

मुस्ताङको थासाङ, ताग्लुङमा आगोलागी

मुस्ताङको थासाङ गाउपालिका –५ ताग्लुङको एक घरमा शनिबार मध्यराति आगोलागी हुदाँ त्यहाँ रहेको ३४ लाख मुल्य बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीका अनुसार स्थानीय कुलबहादुर तुलाचन र हिक्मत तुलाचनको घरमा आगोलागी भएको हो । उनीहरुले खाना बनाउन प्रयोग गरिएको आगो निभाउन बिर्सदा मध्यरात चलेको हावाहुरीका कारण आगालागी भएको र घरमा रहेको अन्नपात,लत्ताकपडा र काठपात सबै जलेर नष्ट भएको लेते ईलाका प्रहरी कार्यालयका सई मिनबहादुर… पुरा पढौ

मेयरविरुद्ध पक्राउ पुर्जी जारी

सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्मा लाई पक्राउ पुर्जी जारी गरिएको छ । डिभिजन वन कार्यालय सप्तरीले राष्ट्रिय वन क्षेत्रमा अनाधिकृत रुपमा नाला निर्माण गरेको आरोपमा वन कार्यालयले मेयरसहित ४ जनालाई तीन दिनअघि पक्राउ पुर्जी जारी गरेको हो । लिखित रुपमै आग्रह गर्दा समेत जनप्रतिनीधिले अटेर गरेपछि पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख धिरेन्द्रप्रसाद सिंहले जानकारी दिए । डिभिजन वन कार्यालयले पक्राउ पुर्जी जारी गरेका ४ जना… पुरा पढौ

एक साता ठप्प जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन

एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ । प्रभावित क्षेत्रका बासिन्दाले विरोध जनाएपछि विभिन्न सरोकारवाला पक्षविचको छलफलले प्रभावित बासिन्दाको माग माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माणकार्य शनिबार बिहानदेखि सञ्चालन भएको हो । उक्त आयोजना ठप्प बनेपछि आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक , प्रमुख जिल्ला अधिकारी ,स्थानीय जनप्रतिनिधिले शुक्रबार संयुक्त छलफल गरेका थिए । मोदी गाउँपालिका वडा नं १… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं