दम्पति सवार मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर भएका छन् ।
कलैया पिलुवा सडकखण्डअन्तर्गत बाराको कलैया उपमहानगरपालिका-२६ श्रीपुरमा मङगलबार दिउँसो ट्रिपरले मोटरसाईकलाई ठक्कर दिँदा बाराको सिसवा महेशपुरकी ३५ वर्षीया खुश्बु नेशा खातुनको घटनास्थलमै मृत्यु भएको छ भने ४० वर्षीया जाकिर हुसेन गम्भीर घाइते भएका हुन् ।
ना ८ ख ३१२९ नम्बरको ट्रिपरले वीरगन्जबाट कलैया जाँदै गरेको ना १६ प ९७५७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो।घाइते हुसेनको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासीको कावासोतीमा व्यापार गर्दै आएका दम्पति बुधबार परेको इदुल फित्र मनाउन मोटरसाइकलमा घर फर्किँदै गरेका बेला ट्रिपरले ठक्कर दिएको थियो।ट्रिपर र ट्रिपर चालक सुरेन्द्र पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






