फिल्डमा पुगेर कुराकानी गर्दागर्दै मोरङमा एक वडा सदस्यको मृत्यु भएको छ । केराबारी गाउँपालिका वडा नं. ३ का वडासदस्य आइतसिंह मगरको सोमबार निधन भएको हो ।
वडा कार्यालयको कामको सिलसिलामा केराबारी–३ रामपुरमा सर्जमिन मुचुल्का गर्न फिल्डमा पुगेर केही कुराकानी गर्दागर्दै विस्तारै ढलेका मगरको क्षणभरमै उनको मृत्यु भएको स्थानीयवासी महेन्द्र मगरले बताए ।
नेपाली काङ्ग्रेसको तर्फबाट वडासदस्यमा निर्वाचित भएका मगर एक छोरा, एक छोरी र श्रीमतीसहित भोगटेनीको झिजेमा बस्दै आएका थिए ।






