समाचार

हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ । उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो । यही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा खजुमलाई शुक्रबारबाट सुनसरीको इटहरी उपमहानगरपालिका–१९ शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको… पुरा पढौ

सिडियोले रोपिन् कालीमार्सी

गुरु चन्दननाथ बाबाको सेरो ज्युलोमा कालिमार्सी धान रोपिएको छ। चन्दननाथ गुठी समिति रोप्दै आएको मन्दिरको खेत यसपटक भने चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले रोपाइँ गरेको छ। मार्सी चामलले बजार पाउन थालेपछि जुम्लामा सहकारीले मन्दिरको जग्गा लिजमा लिएर धान रोप्न थालेको हो । सहकारीले लिजमा लिए पनि सहकारीमा आबद्ध स्थानीय महिला चन्दननाथ नमुना माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीको सहभागितामा धान रोपाइँ गरियो। चन्दननाथ सहकारी सस्थाले आयोजना गरेको चन्दननाथ बाबाको सेरा… पुरा पढौ

कीर्तिमान धारी श्रेष्ठको पोखरामा अभिनन्दन

पुर्व राष्ट्रिय फुटवल खेलाडी तथा एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएसँगै उनलाई पोखरामा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । गोपाललाई सगरमाथा आरोहण गराउने समुह स्टेप अफ क्याम्पियन दोश्रो चरणले उनको स्वागत तथा अभिनन्दन गरेको हो । उनको अभिनन्दनमा पोखराका अधिकतम संघ सस्थाहरुको सहभागिता रहेको थियो भने अभिनन्दन पछि उनलाई पोखरा परिक्रमा पनि गराईएको थियो । दुई महिना अगाडी पोखरावाट सगरमाथा… पुरा पढौ

सगरमाथाको उचाइ मापन गर्ने खिमलाललाई पोखरामा भव्य स्वागत

सगरमाथाको उचाइ मापन टोलीका प्रमुख तथा नापी विभागका अधिकृत खिमलाल गौतमले ज्यानको बाजी लगाएर भएपनि सगरमाथाको उचाइ मापन गरेर फर्किएको बताएका छन् । शुक्रबार नापी कार्यालय पोखरामा तथा आफ्नो घर फर्किएका खिमलाल गौतमले ८ हजार मिटरको उचाईमा दुई दिन बसेर भएर पनि मापनको काम सम्पन्न गरेको बताए । ८ हजार मिटर भनेको डेन्जर जोन हो त्यो ठाउँमा पनि दुई रात विएर मापनका काम सकेर नै फर्किएको बताए । नापी कार्यालय… पुरा पढौ

स्वतन्त्र पत्रकार संघ कास्कीको ध्यानाकर्षण

स्वतन्त्र पत्रकार संघ कास्कीले चितवन जिल्लाको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको अव्यवहारिक घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष असफल गौतमको अध्यक्षतामा शुक्रबार बसेको बैठकले धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा रंगशाला निर्माण कार्य भइरहेको सन्दर्भमा यही ज्येष्ठ १६ गते केही विकास विरोधीको उक्साहटमा जुन दुःखद कार्य भएको छ त्यसप्रति संघले खेद व्यक्त गरेको हो । सरकारले गर्न नसकेको काम आफ्नो छाक कटाएर व्यक्तिले गर्न लागिरहेका वेला जुन… पुरा पढौ

महिलालाई नयाँ मुलुकी ऐनबारे सचेतना

पोखरा १७ का विभिन्न महिला समूहलाई नयाँ मुलुकी ऐनबारे जानकारी दिइएको छ । छिमेकी आमा समूहको व्यवस्थापनमा पोखरा वडा नं. १७ ले शुक्रबार महतगौंडा, सीतापाइला र दोबिल्ला क्षेत्रका महिलालाई कानुनी ज्ञान दिएको हो । पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले महिलाको हक कानुनमा समान भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको अवस्थामा कानुनी सचेतनालाई महिलालाई जागरुक बनाउने बताए । उनले कानुनको अज्ञानता क्षम्य नहुने भएकाले कानुनबारे जानकार हुनैपर्नेमा जोड दिए ।… पुरा पढौ

असल अभिभावक यसरी बन्नुहोस् । यस्ता छन् टिप्स

अभिभावक हुन पाउनु सौभाग्य हो । तर, अभिभावक मात्रै हुनु र असल अभिभावक बन्नुमा ठूलो भिन्नता छ । कोही असल अभिभावक बन्न सफल हुन्छन् त कोही हुन सक्दैनन् । सबै अभिभावक आफ्ना सन्तानको भलो, सुख र समृद्धि चाहन्छन् । कतिपय अभिभावकले त आफ्ना सन्तानमा कडा निगरानी राख्छन् । कडा रूपले प्रस्तुत हुन्छन् । हामीले सन्तानलाई असल बनाउन यसो गरे पनि यसले बालबालिकामा नकारात्मक असर पर्छ । यस्तो स्वभावले बालबालिकामा नराम्रो… पुरा पढौ

जानकी मेडिकल कलेजका सञ्चालक समिति अध्यक्षमाथी पक्राउ पुर्जी

धनुषाको जानकी मेडिकल कलेजका सञ्चालक समितिका अध्यक्ष ओमप्रकाश पाण्डे(ओपी पाण्डे)लाई जिल्ला प्रशासन कार्यालय धनुषाले पक्राउ पुर्जी नै जारी गरेको छ। पाण्डेले विभिन्न व्यक्ति, संस्था र कर्मचारीहरुको तलबलगायत लेनदेन बाँकी राखेकाले उनलाई पक्राउ पुर्जी जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहले विभिन्न निकायहरुबाट उजुरीहरु परेकाले पाण्डेलाई पक्राउ पुर्जी जारी गरिएको बताए । पाण्डेलाई पटक(पटक कार्यालयमा उपस्थित हुन पत्राचार गरेपनि वेवास्ता गरेकाले पक्राउ पुर्जी जारी गरिएको उनले बताए।… पुरा पढौ

आजदेखि काठमाडौँ–रुम्जाटार–विराटनगर उडान

काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिए । रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको… पुरा पढौ

पसल चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्दा उल्टै पक्राउ परेपछि

बैंकको ऋण तिर्ने भाका सार्न र पसलको बीमा दावी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–४ पारिजात पथमा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद तथा जिन्सी गरी करीब ३३ लाखको चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्ने उमेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । उजुरी परेपछि प्रहरीको शुक्ष्म अनुसन्धानबाट घिमिरे आफँैले सामान लुकाएर चोरी भएको गलत रिपोर्ट गरेको पत्ता… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं