सत्तारुढ नेकपामा प्रबेश गरेका राईविरुद्ध विप्लवको कडा विज्ञप्ती

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेलगत्तै उनलाई कारवाही गरेको घोषणा गरेको छ ।

राई नेकपा प्रवेश गरेको केही घण्टापछि विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति जारी गर्दै कार्वाहीको घोषणा गरेका हुन् ।


विज्ञप्तीमा राई पार्टी विरुद्धका गतिविधिमा संलग्न रहेको तथा दलाल पुँजीपति सरकारलाई सहयोग गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ। राई आइतबार बिहानमात्रै सत्तारुढ दल नेकपा प्रवेश गरेका थिए ।