नेपाल मगरसंघ कास्कीले प्रहरी उपरिक्षक ओम रानालाई बिदाई तथा कास्कीको कमाण्ड समाल्न पोखरा आएका दान बहादुर कार्कीलाई स्वागत गरेको छ ।
नेपाल मगर संघको हलमा एक कार्यक्रमको आयोजना गरि सँघका अध्यक्ष पुर्ण बहादुर रानाले प्रहरी उपरिक्षक द्वय कार्की र रानालाई खादा, अबिर, फुल तथा मालाले स्वागत तथा बिदाई गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रहरी उपरिक्षक कार्कीले आम नागरिक पनि बर्दीविनाको प्रहरी भएकोले कास्कीको शान्तिसुरक्षा कायम गर्नको लागी आफ्नो स्थानबाट सक्दो सहयोग गरेमा मात्र आफ्नो कार्यकाल शुखद हुने बताए ।
उनले एकजना प्रहरीले पाँच सय नागरिक हुर्नुपर्ने बर्तमान समयमा प्रहरी संगठनलाई सफल बनाउन तथा शान्तिसुरक्षा कायम गर्नको लागी नागरिकले पनि हरेक स्थानका घटनाको तत्काल सुचना गरेर सहयोग गर्न आग्रह गरे ।
त्यस्तै प्रहरी उपरिक्षक रानाले आफ्नो कार्यकालमा सहयोग गर्ने आम नागरिकप्रति आभार प्रकट गरे । आफुले कास्की जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागी सहयोग गर्ने सम्पुर्ण कास्कीबासीलाई धन्यवाद ब्यक्त गरे ।






