भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जना महिलाको मृत्यु भएको छ ।
पहिरोले रोल्पाको लुग्री गाउँपालिका शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो ।
पहिरोका कारण कार्यालयमा समेत क्षति पुगेको छ । माझीसँगै उनको घरसमेत पहिरोमा पुरिएको छ तर उनका परिवार भने सकुशल रहेको बताइएको छ । अझै पनि पानी पर्न सक्ने सम्भावना भएकाले पहिरोले थप क्षति पु¥याउन सक्ने भएकाले सजग हुन पहिरो नजिकका स्थानीयवासीलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।






