धादिङको नीलकण्ठ नगरपालिका-१४ धुवाँकोट अम्वोटेमा बुवाले खुर्पा प्रहार गरेर आफ्नै छोरीलाई गम्भीर घाइते बनाएका छन्। बलराम वस्तीले छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरेर घाइते बनाएका हुन् ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार सामान्य वादविवाद भएपछि बलराम वस्तीले छोरीलाई खुपार्ले हानेको थिए। सुनिताको जिल्ला अस्पताल धादिङवेशीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।
नागरिकता बनाउन बुबा बलराम वस्तीले नै बोलाएपछि उनी नागरिकता बनाउन घर आएको समयमा वादविवाद हुँदा खुर्पा प्रहार भएको बुझिएको छ। घाइते सुनिता र उनकी आमा हेटौडामा बस्थे।
बलरामलाई नियन्त्रणमा लिएर अनुसन्धानन सुरु गरिएको धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।






