शनिबार बिहान पोखरा नयाँ बजारमा पार्किङमा राखिएको गाडीलाई मापसे गरी चलाएको जिपले ठक्कर दिएको छ । ग२ च ७८८३ नम्बरको कारलाई बा १५ च ६७८३ स्कार्पियो जिपले ठक्कर दिएको हो ।
जिपको ठक्करबाट पार्किङमा राखिएको निजी कार क्षतिग्रस्त भएको छ । क्षति भएको कार आर्थिक आवाज अर्धसाप्ताहिकका प्रधानसम्पादक सुरेन्द्र पौडेलको हो ।

ठक्कर दिएपछि रोडमै पल्टिएको गाडीलाई क्रेनले उठाएर ड्राइभरको उद्धार गरिएको थियो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उद्धार गरिएका चालक मादक पदार्थ सेवन गरी करिब होसमा नरहेको प्रत्यक्षदर्शीले बताए ।







