समाचार

अन्तर्राष्ट्रिय युवा दिवस मनाइने

  सरकार यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारीमा जुटेको छ । दिवस मनाउनका लागि आज राष्ट्रिय युवा परिषद्ले युवा सङ्घ–सङ्गठनसँग छलफल गरेको छ । छलफलमा उक्त दिवसलाई एक दिन मात्र मनाउनाको साटो प्रभावकारी रुपमा लैजानुपर्नेमा सबैको जोड थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्षभर नै विभिन्न गतिविधि सञ्चालन गरेर उक्त दिवस मनाइने र युवाको समस्या तथा चुनौती बुझेर त्यसलाई समाधान गर्ने खालको कार्यक्रम पनि ल्याउन लागेको… पुरा पढौ

त्रिवि सेवा आयोग सदस्यले गरे आत्महत्या

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले ६ तलाबाट हाम फालेर आत्महत्या गरेका छन्। परीक्षार्थीको नम्बर थपघट गरेको आरोपमा अख्तियारले उनविरुद्ध मुद्दा दायर गरेको थियो । काठमाडौं त्रिपुरेश्वरको एक भवनको छैटौं तलाबाट हाम फालेर पाण्डेले बिहीबार आत्महत्या गरेका हुन् । लमजुङ घर भएका ६७ वर्षीय पाण्डे कानुनी परामर्शका लागि त्रिपुरेश्वरको एक ल फर्म पुगेका बेला हाम फालेर आत्महत्या गरेका हुन्। पुरा पढौ

धनगढी बिस्फोट : घाइते १ को मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा हिजो भएको बम बिस्फोटमा परी घाईते भएका एक जनाको मृत्यु भएको । मृत्यु हुनेमा राम सिंह रहेका छन् । प्रहरीका अनुसार सिंह बझाङको चैनपुरका बासिन्दा हुन् । उनलाई उपचारका लागि तत्काल बाहिर लैजानु पर्ने भए पनि बाहिर लैजान नसकेपछि उनको धनगढीस्थित माया मेट्रो अस्पतालमै उपचारका क्रममा राति सवा ११ बजे मृत्यु भएको हो । सिंहले भिरेको झोलाभित्र रहेको बम भित्तामा अढेस लगाउँदा प्रेसरले पड्किएको हुनसक्ने प्रहरीको… पुरा पढौ

किन खानुहुँदैन साउनमा माछा मासु ?

साउन महिना, धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना । यो महिनामा केही धार्मिक पर्वहरु पनि पर्छ । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो । पूर्विय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यता के छ भने, साउनको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउनाले घरमा सुख… पुरा पढौ

एकैपल्ट २३४ न्यायाधिशको सरुवा

न्यायपरिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको छ । दुई वर्ष पुगेका न्यायाधीशहरूको अर्को अदालतमा सरुवा गर्ने निर्णय बिहीबार बसेको परिषद् बैठकले गरेको हो । न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरुवा गरेका हुन् । नयाँ आर्थिक वर्ष शुरु भएको दोस्रो दिन राणाले उच्च अदालतमा कार्यरत रहेका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा गरेका हुन् । प्रधानन्यायाधीश नै न्यायपरिषद्को अध्यक्ष हुने कानूनी व्यवस्था छ । पुरा पढौ

कुखुराको खोरमा चितुवा पस्यो

पोखरा १६ सिप्लेकुनाको एक किसानको एक कुखुराको खोरमा चितुवा पसेको छ । खोरमा पसेको चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिइएको छ । चितुवालाई पोखराको लेखनाथस्थित पचभैयाको वन्यजन्तु अद्धार केन्द्रमा लगी उपचार गरिएको छ । स्थानीय सोभितबहादुर केसीको ५ सय कुखुरा रहेको खोरमा मंगलबार राति चितुवा पसेको थियो । चितवनबाट टोली झिकाई चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले बताए । डार्टिङ टोलीले कुखुरालाई समेत कुनै क्षति… पुरा पढौ

लोकसेवा विरुद्ध प्रदर्शन जारी

 लोकसेवा आयोगको परीक्षाको मुखैमा विज्ञापन खारेजीको माग गर्दै आज (बिहीबार) लोकसेवा आयोगको केन्द्रिय कार्यालय काठमाडौं अनाम नगरमा प्रदर्शन गरिएको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन खारेजीको माग गर्दै आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाले आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोकसेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा शुरु हुन एक दिन अगाडि… पुरा पढौ

उत्तम सञ्जेल दम्पत्ति धरौटीमा रिहा

समाजसेवी उत्तम सञ्जेल र उनकी श्रीमती कला जनही तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन्। उनीहरुमाथि आफ्नै कर्मचारीको हत्या गरेको अभियोगमा मुद्दा चलेको थियो। जिल्ला अदालत काठमाडौंले उनीहरुलाई जनही तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो। समता अस्पतालमा सफाइको काम गर्ने विमला तामाङ झुन्डिएको अवस्थामा भेटिएपछि प्रहरीले सञ्जेल दम्पतीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। प्रहरीले सञ्जेल पत्नीलाई ज्यान मुद्दा चलाएको थियो। पर्याप्त प्रमाण नभएपछि उनीहरु धरौटीमा छुटेका हुन्। पुरा पढौ

आमा समूहलाई कुर्सी र पोडियम

पोखरा १७ महतगौंडाका एक दम्पतिले ढुंगेसाँघु सीतापाइला आमा समूहलाई सहयोग गरेका छन् । सिबिन्द्रराज भण्डारी र उनकी पत्नी सीता काफ्ले भण्डारीले आमा समूहलाई १० थान कुर्सी र पोडियम प्रदान गरेका हुन् । समाजसेवी सिबिन्द्रराज विन्ध्यावासिनी रियल स्टेट र सुभारु शुद्ध पानीका प्रबन्ध निर्देशक हुन् । उनी लायन्स क्लब अफ पोखरा युनिटी चौतारीमा पनि आवद्ध छन् । सीता आमा समूहकी सदस्य हुन् । आमा समूहको बहुउद्देश्यीय भवन भए पनि कुर्सीको अभाव… पुरा पढौ

टिप्पणीको परिचय र ढाँचा

परिचयकार्यालयमा विभिन्न कार्यहरू सम्पादनका सिलसिलामा प्रचलित कानूनका आधारमा आफ्नो राय सहित निर्णय गर्ने अधिकार प्राप्त अधिकारी समक्ष पेस गर्नका लागि माथिल्लो तहमा पेस गरिने दस्ताबेज टिप्पणी हो । नेपाली शब्दकोशका अनुसार प्राप्त कुनै निवेदनबारे सकारात्मक वा नकारात्मक प्रतिक्रिया लेख्ने आफ्नो ठहर सहित माथिल्लो तहमा स्वीकृतिका लागि पेस गरिने संक्षिप्त लेख टिप्पणी हो । एउटा सङ्गठनभित्र कुनै एक पदाधिकारीबाट आफ्नो सुपरिवेक्षकसमक्ष कुनै पनि निर्णय गर्नुपर्ने नीतिगत तथा प्रशासकीय विषयको पत्र माथि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं