पोखरा महानगरपालिका अन्तर्गत सन्चालित शिशुवा अस्पतालको सेवा सुधार तथा सुदृढीकरणका लागी अन्तर्कृया तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । बि.स. २०७३ बाट सन्चालनमा आएको सिशुवा अस्पतालमा आकस्मिक सेवा देखी ,ओपिडी ,फार्मेसि ,ल्याब परिक्षण ,एक्सरे सुबिधा,इसिजी,एम्बुलेन्स सुबिधा,बिरामी भर्ना तथा उपचारको लागी १५ सिट क्षमता सहितका सेवा उपलब्ध गराउदै आएको छ ।
पोखरा महानगरपालिकाको प्रमुख मानबहादुर जिसि,पोखरा महानगरपालिकाको वडा न २६,२७,२९,३०,३१, र ३२ नम्बरको वडा अध्यक्ष ,सामाजिक बिकास मन्त्रालयका डा रमेश प्रसाद अधिकारी ,महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा,पोखरामहानगरपालिका प्रमुखका स्वकिय सचिव लक्ष्मण तिमिल्सिना ,लेखनाथ उध्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरी त्रिपाठि लगाएत उपस्थित रहेको कार्यक्रमको अध्यक्षता अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नारायण ओझाको अध्यक्षतामा कार्यक्रम सन्चालन गरिएको थियो ।
सामाजिक परिक्षणका क्रममा बोल्दै महानगरप्रमुख जिसिले अस्पतालबाट प्रदान गरिने सेवा जनमैत्री बनाउनुपर्ने जानकारी गराउदै सेवा चुस्त दुरुस्त बनाउनु पर्नेमा जोड दिएका थिए ।जनताको स्वास्थ्य महानगरको प्रमुख दायित्व र जोड भएकाले नागरिकको स्वास्थ्यमा अस्पताल सचेत बन्नुको साथै रोग लाग्नै नदिनको लागी ब्यायाम गर्ने,स्वास्थ्य आहारबिहारको लागी चेतना जगाउन अव बिशेष कार्यक्रम अगाडि सार्नु पर्ने बताएका थिए ।
अस्पतालको सामाजिक परिक्षण गर्दा कुल १०० मा ५७ अन्क आएको देखिएको छ,जुन अन्कलाइ संतोषजनक मानिन्छ । अस्पतालको सामाजिक तथा भौतिक अवस्था र कार्यप्रगतिको बारेमा अस्पतालका डा मिलन श्रेष्ठले जानकारी गराएका थिए भने आर्थिक प्रतिवेदन लेखापाल दयाराम विश्वकर्माले जानकारी गराएका थिए ।




