समाचार

बुद्धलाई मार्न आएका अंगुलिमाल कसरी रोकिए ?

महात्मा बुद्धको समयमा अंगुलिमाल नामका एक डरलाग्दा डाकु थिए । मगध राज्यमा एक सोनापुर नामको गाँउ थियो। त्यस गाँउका मानिसहरु साँझ पर्न लाग्दै घरमा फर्किन्थे र बिहान हुनुपूर्व कोहि पनि घर बाहिर कदम राख्दैन थिए। त्यसको कारण उहि डाकू अंगुलीमाल थिए। अंगुलिमाललाई कोशल नरेश प्रसेनजितले सयौं घोडसवार र सैनिकद्वारा पक्रन सकेनन्। यस्ता दुर्दान्‍त व्यक्ति थिए अंगुलिमाल । मानिसहरु अंगुलिमालको नाम सुनेर डराउथे । जुन जंगलमा उनि बस्थे,  त्यसमा झुण्ड वा… पुरा पढौ

आजको राशिफल (२०७६ श्रावण २ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ श्रावण २ गते बिहीबार, इस्वीसंवत जुलाई १८ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको द्वितीय तिथि रातिमा ४ बजेर ५४ मिनेटसम्म त्यसउप्रान्त तृतीय तिथि लाग्नेछ । आज रेवती नक्षत्र रातिमा १२ बजेर ४४ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा प्रीति रातिमा… पुरा पढौ

मृगौला पीडित शुकबहादुरलाई हेल्पफुल हेण्ड्सको ५० हजार

लायन्स क्लव अफ पोखरा हेल्पफुल हेण्ड्सले मृगौला पीडित स्याङ्जाका शुक बहादुर परियारलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । बुधबार एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरिएको छ । लामो समयदेखि मृगौला पीडित शुक बहादुरलाई क्लबका सदस्यहरुबाट उठेको ५० हजार रुपैयाँ सहयोग गरिएको क्लबका निवर्तमान अध्यक्ष मोहन सुवेदीले जानकारी दिए । क्लबका अध्यक्ष तेज अधिकारीको अध्यक्षतामा एक कार्यक्रमका बीच लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका क्याबिनेट सेक्रेटरी बिनोद… पुरा पढौ

पत्रकारलाई मार्ने धम्की दिने थुनामा

मकवानपुरका पत्रकार बलराम पुडासैनीलाई समाचार लेखेको आधारमा ज्यान मार्ने धम्की दिनेलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले १० दिनका लागि थुनामा राख्ने आदेश दिएको छ । हेटौंडाबाट संचालित तुखबर डटकममा मकवानपुरगढी गाउ“पालिकामा स्ल्याब ढलानमा लापरबाही भएको समाचार प्रकाशित भएपछि उपभोक्ता समिति अध्यक्ष रामप्रसाद घिमिरेले पत्रकार पुडासैनीलाई फोन मार्फत ज्यान मार्ने धम्की दिएका थिए ।  तुखबरका संवाददाता पुडासैनीलाई समाचार प्रकाशितपछि मंगलबार घिमिरेले ज्यान मार्ने धम्की दि“दै अश्लिल शब्द प्रयोग गर्दै गाली गरेपछि जिल्ला… पुरा पढौ

प्रेमीको ‘बर्थ डे’ मनाउन जाँदा प्रेमिकै घरमा आत्महत्या

प्रेमीको जन्म दिन मनाउन गएकी एक युवतीले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् । प्रेमी भीमबहादुर तामाङको जन्मदिन मनाउन बालाजुस्थित उनकै घरमा गएकी त्रिपुरेश्वरकी जेनी तामाङले शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् । बर्थ डे मनाउन पुगेकी जेनीले प्रेमी भीमका साथमा अर्कै प्रेमिका देखेपछि झगडा सुरु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएकाछन् । असार ३० गते साँझ जेनी प्रेमी भीमको जन्म दिन मनाउन उनको घरमा पुगेकी… पुरा पढौ

मेयरले भत्काए अतिक्रमित संरचना

इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले बुधबार बिहान सडक अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर लगाएका छन् । त्यसै क्रममा मेयर चौधरीले सडक अतिक्रमण गरेर बनाइएका आधा दर्जन संरचनामा डोजर चलाएका छन् । सडक अतिक्रमण गरि बनाएका संरचनामा डाेजर चलाएपछि चौधरीले खोला अतिक्रमण गरेर बनाएका संरचना भत्काउन सुरु गरेका छन् । डोजर र नगर प्रहरी साथमा लिएर हिँडेका चौधरीले इटहरी–१७ को स्यार्सेकाली पम्प आसपासमा खोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन थालेका हुन्।… पुरा पढौ

पशुपतिमा भक्तजनकाे बढ्दै भीड

यस वर्ष साउन महिनामा पशुपति आउने भक्तजनको भीड व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषले तयारी गरेको छ । साउन महिना शुरु भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड बढ्न थालेकाले लाम व्यवस्थापन, सुरक्षा, जुत्ता तथा चप्पल कक्ष थप गर्नेलगायत तयारी शुरु गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले जानकारी दिए । साउनमा भगवान् शिवको महिमाबारे वर्णन र श्रवण गरिने भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिनाको पनि सोमबार पशुपतिमा धेरै… पुरा पढौ

श्रीमतीको मृत्यु भएको १ घण्टामै श्रीमानको मृत्यु

इटहरीमा श्रीमान श्रीमतीको एकै दिन मृत्यु भएको छ। श्रीमतीको मृत्यु भएको एक घण्टाको अन्तरमा श्रीमानको पनि मृत्यु भएको हो। इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो। उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको आफन्तले बताएका छन। श्रीमान श्रीमतीको एकै दिन दुई जनाको मृत्यु भएपछि स्थानीयले ‘मृत्यु राम्रो’ भएको भन्दै शवलाई नगरपरिक्रमा समेत… पुरा पढौ

साउनमा मेहन्दीको महत्व, घरमै कसरी तयार गर्ने ?

साउन महिना हिन्दू धर्मावलम्बीका लागि विशेष मानिन्छ। त्यसमाथि यो महिना रङका हिसाबमा पनि अन्य महिनाभन्दा विशेष छ। कारण हो यस महिनाभर प्रयोगमा आउने पहिरन तथा सामाग्री र यीनमा प्रयोग हुने रातो, हरियो र पहेँलो रङ। महिलाहरु रातो, हरियो र पहेँलो रङका सारी, चुरा, पोतेमा सजिएर आफूलाई नवदुलही जस्तै‍गरी शृंगार गर्दछन्। यसबाहेक प्रत्येक सोमबार शिवको पूजाआराधना गरी व्रत बस्ने गर्दछन्। व्रतसँग जोडिएको अर्को पाटो हो मेहन्दी लगाउनु। पूजा, आराधना गर्दा हात-खुट्टामा मेहन्दी लगाएर गर्दा शुद्ध मानिनुका साथै… पुरा पढौ

कुन महिनामा जन्मिएको मानिस कस्तो ? (ज्योतिषशास्त्रमा आधारित)

बैशाखः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरूलाई माया गर्ने स्वभावका हुन्छन् । जेठः जेठ महिनामा जन्मिएका मानिसहरू विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् । असारः यो महिनामा जन्मिएका मानिसहरू धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् । साउनः साउन महिनामा जन्मिएका मानिसहरू सुख, दुःख… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं