कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा हिजो भएको बम बिस्फोटमा परी घाईते भएका एक जनाको मृत्यु भएको । मृत्यु हुनेमा राम सिंह रहेका छन् । प्रहरीका अनुसार सिंह बझाङको चैनपुरका बासिन्दा हुन् ।
उनलाई उपचारका लागि तत्काल बाहिर लैजानु पर्ने भए पनि बाहिर लैजान नसकेपछि उनको धनगढीस्थित माया मेट्रो अस्पतालमै उपचारका क्रममा राति सवा ११ बजे मृत्यु भएको हो । सिंहले भिरेको झोलाभित्र रहेको बम भित्तामा अढेस लगाउँदा प्रेसरले पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बिस्फोटमा परी अन्य ४ जना घाईते भएका छन् । घाईते हुनेहरुमा होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खान रहेका छन् । उनीहरुको माया मेट्रो अस्पतालमै उपचार भईरहेको छ । यसैगरी प्रहरीले बिस्फोट भएको होटलमा एक थान पेस्तोल समेत बरामद गरेको छ । प्रहरीले सो स्थानमा झोला र पेस्तोल भेटिएकोले घटना संकास्पद देखिएको बताएको छ ।






