आमा समूहलाई कुर्सी र पोडियम

पोखरा १७ महतगौंडाका एक दम्पतिले ढुंगेसाँघु सीतापाइला आमा समूहलाई सहयोग गरेका छन् । सिबिन्द्रराज भण्डारी र उनकी पत्नी सीता काफ्ले भण्डारीले आमा समूहलाई १० थान कुर्सी र पोडियम प्रदान गरेका हुन् ।

समाजसेवी सिबिन्द्रराज विन्ध्यावासिनी रियल स्टेट र सुभारु शुद्ध पानीका प्रबन्ध निर्देशक हुन् । उनी लायन्स क्लब अफ पोखरा युनिटी चौतारीमा पनि आवद्ध छन् । सीता आमा समूहकी सदस्य हुन् ।

आमा समूहको बहुउद्देश्यीय भवन भए पनि कुर्सीको अभाव र कार्यक्रम गर्न पोडियम आवश्यक भएकाले सहयोग गरेको सीताले बताइन् । २०६९ सालमा दर्ता भएको यो आमा समूहमा ५४ जना सदस्य छन् । आमा समूह अध्यक्ष जुना गुरुङले मनकारीहरुको यस्तै सहयोगले संस्था चलिरहेको बताइन् । उनले सहयोगप्रति आभार पनि व्यक्त गरिन् ।