पोखरा १६ सिप्लेकुनाको एक किसानको एक कुखुराको खोरमा चितुवा पसेको छ । खोरमा पसेको चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिइएको छ । चितुवालाई पोखराको लेखनाथस्थित पचभैयाको वन्यजन्तु अद्धार केन्द्रमा लगी उपचार गरिएको छ ।
स्थानीय सोभितबहादुर केसीको ५ सय कुखुरा रहेको खोरमा मंगलबार राति चितुवा पसेको थियो ।
चितवनबाट टोली झिकाई चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीले बताए । डार्टिङ टोलीले कुखुरालाई समेत कुनै क्षति नपु¥याइ चितुवालाई नियन्त्रणमा लिएको छ ।






